२० मंसिर २०८२, शनिबार | December 6, 2025

देवदहमा बौद्ध गतिविधि र सम्पदा संरक्षणमा स्थानीयहरुलाई जोड्न छलफल



लुम्बिनी । बुद्धको मावली क्षेत्र देवहदमा बौद्ध गतिविधि र बुद्धकालिन पुरातात्विक क्षेत्रहरुको सरसफाईका लागि अभियान थालिने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईको उपस्थितीमा कोषको देवदह कार्यालयको आयोजनामा त्यसक्षेत्रका सरोकारवालाहरुको छलफलले देवदहका ऐतिहासिक र बौद्धकालिन सम्पदाहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र अपनत्व बढाउन अभियान गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

छलफलबाट देवदहमा क्रियाशिल क्रियाशिल बुद्धसंग सम्बन्धित संघ सस्थाहरुसँग समन्वय गरि बृहत् भेला आयोजना गर्नका लागि टेकबहादुर थापाको संयोजकत्वमा सुर्य प्रसाद पाठक र टेक बहादुर राना सदस्य रहेको ३ सदस्यीय तदर्थ कमिटी बनाइएको छ ।

छलफललाई सम्बोधन गर्दै कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले देवदहका ऐतिहासिक पुरातात्विक बुद्धकालिन क्षेत्रहरुको संरक्षणमा स्थानीयहरुको समेत सहभागिता र बौद्धमय गतिविधिका लागि स्थानीयहरुसँग सहकार्य गर्न लागिएको बताए ।

उक्त अवसरमा भवानीपुर र कन्यामाईमा बिशेष सरसफाई कार्यक्रम सञ्चालन गर्ने, हरेक पूर्णिमालाई बिशेष अवसरको रुपमा मनाउनको लागि बृहत् भेलाबाट योजना बनाउने निर्णय भएको छ ।

यसैगरी देवदह र रामग्रामबाट संचालित बिद्युतिय बसको सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानिय टोल बिकास सस्था सम्म सुचना पु¥याउने निर्णय भएको कोषका देवदह कार्यालय प्रमुख दामोदर सापकोटाले जानकारी दिए । छलफलमा देवदहमा क्रियाशिल बुद्धसँग सम्बन्धित ९ वटा संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  १० : २९ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले