२२ चैत्र २०८२, आइतबार | April 6, 2026

नेपाली सेनाले फोटो तथा बृहत् प्रदर्शनी गर्ने



काठमाडौँ । नेपाली सेनाले सेना दिवसका अवसरमा यही माघ १५ देखि १८ गतेसम्म जङ्गी अड्डामा फोटो तथा बृहत् प्रदर्शनी सञ्चालन गर्ने भएको छ ।

प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू झल्कने फोटो, हातहतियार र उपकरणहरूको प्रदर्शनी गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायत गतिविधिको प्रदर्शनी हुने बताइएको छ ।

आमनागरिकलाई सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्तालाई माघ १५ गते दिउँसो १२ देखि साँझ ५ बजेसम्म र माघ १६ देखि १८ गतेसम्म बिहान १० देखि साँझ ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ५ : ५७ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको