६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

द्वन्द्वको घाउ सधैंकालागि मेटाउनेगरी योजना कार्यान्वयनमा आउछन् : मुख्यमन्त्री आचार्य



दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्द्वको घाउ सधैकालागि मेटाउनेगरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । अमर प्रहरी परिवार र असक्त प्रहरी संघ लुम्बिनी प्रदेश समिति संगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्द्व पिडितको उपचार र उद्यमशिलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताए ।

‘द्वन्द्वको घाउ सधैंकालागि मेटाउनेगरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमानै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पु¥याएको छ,’ मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश स्थापना भएदेखिनै द्वन्द्व पिडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादन संग जोड्न सिपमुलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।’

द्वन्द्व पिडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतीको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको उनको भनाई छ । ‘यही सरकारलेनै टिआरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ । सहमतीको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छदैछ,’ मुख्यमन्त्री आचार्यले भने, ‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षती व्यहोरेको मध्यमा पर्छ । सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’

अमर प्रहरी परिवार समाजका संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरी सुनारले परिपुरणका योजना संग जोडिएका बिषयहरु समेटिएको ज्ञापनपत्र समेत मुख्यमन्त्रीलाई बुझाएका थिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ३ : ५१ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको