३ आश्विन २०८३, शनिबार | September 19, 2026

क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारको माग – मतगणना बाल्मिकीमा नै गरिनुपर्छ



काठमाडौं। अखिल क्रान्तिकारीको स्थगित मतगणना बाल्मिकी क्याम्पसमा नै गराउन अध्यक्षका तीन उम्मेदवारले माग गरेका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको मतगणना पेरिसडाँडामा गराउन खोजे पछि अध्यक्षका तीन उम्मेदवारले बाल्मिकी क्याम्पसमा नै गराउनु पर्ने माग गरेका हुन् । अध्यक्षका उम्मेदवारत्रय उपदेश यादव, सुदिन पौडेल र हेमन्त राइले सो माग गरेका हुन् ।

‘२३ औं राष्ट्रिय सम्मेलनको मतदान प्रकियामा ८ वटै मतदान केन्द्रहरूवाट मतदान सम्पन्न गरिसकेको र जसमध्ये ७ वटा मतदान केन्द्रको मतगणना गरिसकेका छौं, अन्य बिषय थाँती राख्दै मतदान पश्चात बाल्मिकी क्याम्पस मतदान केन्द्रको मतगणना स्थल र सदर मतको मापदण्ड बारे सुझावसहितको संयुक्त माग पेश गर्दछौं’ तीन अध्यक्षका उम्मेदवारले मतदान अधिकृतसमक्ष राखेको मागमा भनिएको छ, ‘मतादान भएको क्याम्पस बाल्मिकी क्याम्पसमा नै मतगणना गरिनु पर्दछ, रेजाका लागि निर्वाचन समितिले ब्यवस्था गरेको ‘राता मसी कलम’ द्दारा रेजा लगाइएको मत मात्रै गणना गरिनु पर्नेछ, ब्यवस्था गरिएको रातो कलम बाहेक कुनै पनि मसीले रेजा लगाइएको मत बदर गरिनु पर्दछ ।’ उनीहरूका अनुसार बाँकी प्रकिया पुरा गरी अबिलम्ब मतगणना सुरू गर्न अनुरोध गरिएको छ ।

पटक पटक स्थगित हुदैँ आएको अखिल क्रान्तिकारीको नेतृत्वका लागि हालै निर्वाचन भए पनि ‘कालो मसी’ले रेजा लगाइएको मत पत्र भेटिए पछि बिबाद भएको थियो । बिबादका बिच पार्टीले हस्तक्षेप गरी बाल्मिकीवाट पेरिसडाँडामा लगेर मतगणना गर्न खोजिए पछि तीन अध्यक्षका उम्मेदवारले असहमति प्रकट गरेका हुन् ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलबार  ४ : ५५ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब