२५ भदौ २०८३, बिहिबार | September 10, 2026

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीले बनायो स्वर्गिय प्रचण्ड थैवको मूर्ति, शहिद दिवसमा अनावरण



बुटवल । शहिद दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले बुटवलका शहिद स्वर्गिय प्रचण्ड थैवको अर्धकदको शालिक अनावरण कार्यक्रम गरेको छ ।

बुधबार एक कार्यक्रमका बिच स्वर्गिय थैवका आमा सुकन्या थैवले मुर्तिको अनावरण गर्दै माल्यापर्ण गरेका छन । वि सं २०६५ सालमा चैत १३ गते थैवको हत्या भएको थियो । कार्यक्रममा सहभागीहरुले मुर्तिमा माल्यापर्ण गर्दै श्रद्धान्जली अपर्ण गरे ।

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका जिल्ला कमिटी उपाध्यक्ष तथा सालिक निर्माण समिति संयोजक दिपक खड्गीले स्वर्गिय थैवको परिवार, युवाहरुको सहयोगमा मुर्ति निमार्ण गरिएको बताए । युवाहरुको पक्षमा सधै अग्रसर रहेका स्वर्गियको स्मरण हुने गरि घटनास्थल परिसरमा नै शालिक निमार्ण गरिएको उनले बताए ।

कार्यक्रममा नेकपा एमाले पार्टी रुपन्देही जिल्ला उपसचिव बाबुराम पन्थीले राजनीतिक परिवर्तनमा स्वर्गिय थैवको योगदानबारे प्रकाश पार्दै सरकारबाट शहिदको योगदानको उचित मुल्याकन गर्न आग्रह गरे ।

घटनाका प्रत्यक्षदर्शी युवा संघका लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले आफु प्रत्यक्षदर्शी भएको बताउदै तत्कालिनसमयमा माओबादीको डर धम्कीका बावजुद पनि दोषीलाई कारवाहीका लागि कानुनी उपचार अघि बढाएको अनुभव सुनाए ।

कार्यक्रममा निमार्ण समितिका सदस्य सुदर्शन खाम्चाले निमार्णको क्रममा भएको सहयोगीहरुप्रति विशेष धन्यबाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ०० बजे

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,

अस्पताल बाहिर बच्चा जन्माएको घटना छानबिन गर्न स्वास्थ्यमन्त्रीले राजविराज पठाइन् टोली

काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्री निशा मेहताले अस्पताल

बाँकेमा घटेन कुष्ठरोगको प्रकोप, थपिए १९३ कुष्ठरोगी

नेपालगन्ज । गत आर्थिक वर्ष ०८२/०८३ मा १९३ नयाँ कुष्ठरोगी

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

नेपालगन्ज । जेनजी आन्दोलनको एक वर्षमा बाँकेका दुई वटा बालसुधारगृह

विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न विपक्षी दलको माग

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले भोटेकोशी बाढीपछि उद्धार,