२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमणबाट पोखराका ५८ वर्षीय पुरुषको मृत्यु



पोखरा । पोखरामा शनिबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका -१४ निवासी ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अपरेशन विभागमा भाद्र ७ गते पेटको शल्यक्रिया गरेका ती पुरुषमा कोरोना संक्रमणको आशंका पछि भाद्र ८ गते स्वाब लिएर परीक्षणका लागि पठाइएकोमा भाद्र १० गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

अस्पतालको आइसीयुमा उपचाररत ती पुरुषको भाद्र १३ गते शनिबार बिहान ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले पुष्टि गरे ।

शनिबार मात्रै गोरखा जिल्ला गोरखा, नगरपालिका -१३ मजुवा घर भइ भरतपुर अस्पतालमा उपचारत ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पछिल्लो तीनदिन यता लगातार गण्डकीका ४ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् भने, हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १ : ५७ बजे

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार