२३ चैत्र २०८२, सोमबार | April 6, 2026

हरेक क्षेत्रमा श्रेष्ठता हासिल गर्ने हो भने विदेश जाने सपना देख्नुपर्दैन : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु नपर्ने बताएका छन ।

न्यू होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालय बुटवल–११ को ३५ औं वार्षिकोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्दा विदेश जाने सपना देख्नु नपर्ने बताएका हुन ।

‘म विद्यार्थीहरुलाइ भन्न चाहन्छु हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्ने हो भने विदेश जाने सपना देख्नु पर्दैन’, उनले भने- ‘आफ्नै देशको भूमिमा अवसरहरुको सृजना गर्न, नव प्रवर्ततनको क्षेत्रमा काम गर्न सक्ने थुप्रै अवसर र क्षेत्रहरु छन । देशलाई तपाईहरुको योगदानको खाँचो छ ।’ लुम्बिनी प्रदेशको समग्र शैक्षिक गुणस्तर र नतिजा सुधार्न प्रदेश सरकारले बिशेष योजना निर्माण गरेको समेत उनले बताए । ‘समग्र शिक्षाको गुणस्तर बढाउन छ । विद्यार्थीमा पठन संस्कृति, खोज, अनुसन्धानको विधिको माध्यमबाट अध्यापनमा सक्रिय बनाउनुपर्ने छ’, उनले भने, ‘एउटा विद्यालयको शैक्षिक अवस्था सुधार्न सबै पक्ष जिम्मेवार बन्न जरुरी छ ।’

प्रदेश सरकार शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्नेगरी अघि बढेको, सरकारको एकल प्रयासले मात्रै शिक्षा क्षेत्रको विकासलाइ अघि बढाउन नसक्ने, निजि क्षेत्रले शिक्षा क्षेत्रको विकासमा पुर्‍याएको योगदानको समेत चर्चा गरे । प्रदेश सरकारले निजि क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्ने स्पष्ट पारे ।

न्यू होराइजन विद्यालयले शैक्षिक क्षेत्रमा मात्र नभई बहुसरोकार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको  उल्लेख गर्दै उनले लुम्बिनी प्रदेशबाट देशमै गुणस्तरीय शिक्षा र अब्बल नतिजा देखाउन सफल तथा उदाहरणीय यस विद्यालयबाट सामुदायिक तथा संस्थागत विद्यालयहरुले धेरै कुरा सिक्न सक्ने बताए । विद्यालयलाई एउटा अध्ययन केन्द्रको रुपमा अघि बढाउन आवश्यक रहेको उनले बताए ।

 

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ३ : १६ बजे

भैँसी पुरस्कारले बदलिँदै शिक्षा : रुपन्देहीको मायादेवीमा रहेको सुण्डी माविको अनौठो अभ्यासले विद्यार्थीमा उत्साह

बुटवल । सामान्यतया विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीले मेडल, प्रमाणपत्र वा

फेवाताल जग्गा प्रकरणमा आफै ठगिए गृहमन्त्री सुधन गुरुङ, कानुनी उपचारमा जाने

काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ-४ चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।