२१ भदौ २०८३, आइतबार | September 7, 2026

भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरिएको बताएका छन । बुद्धभूमि जेसीजको सातौं पद हस्तान्तरण कार्यक्रमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विधिको शासन स्थापित गर्न भ्रष्टाचार बिरुद्ध शुन्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका हुन ।

युवा पुस्ताले देशमा सम्भावना देख्नुपर्ने र सरकारले त्यस प्रकारका कामलाई अघि बढाएको समेत उनले बताए । ‘यो मुलुक बनाउने भनेको तपाई हामीले नै हो । बाहिरको मान्छे आएर मुलुक बनाउने होइन । इमानदारीका साथ लाग्यौं भने मुलुक बनाउन सकिन्छ’, उनले भने-‘अहिले केही भएन भनेर एक जमातले कुप्रचार गरेको, निरासाको खेति गर्न थालेका छन । यस्ता निरासा बाड्ने कामलाई निरुत्साहित गर्ने जिम्मेवारी तपाई हामी सबैको हो ।’

उनले सुशासन, जवाफदेहीता र भ्रष्टाचार बिरुद्ध सरकारले थालेका अभियानमा नागरिकस्तरबाट समेत सहभागीता जनाउन आह्वान गरे । ‘स्वदेशमा रोजगारीको अवसर सृजना गर्न तीन तहका सरकारको तर्फबाट काम गरिरहेका छौं । निजि क्षेत्रले पनि यसमा जोड दिएको छ,’ उनले भने,-‘सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन नितिगत सुधार समेत गरिसकेको छ ।’

फजुल खर्च रोक्न र पूर्व बिशिस्ट व्यक्तिको सेवासुविधा समेत खारेज गरेर सरकार अघि बढेको बताउँदै मुख्यमन्त्री आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएको विकृति रोक्न पनि सरकार निर्मतापूर्वक अघि बढेको बताए । ‘यी अभियानमा पनि सरकारले सबैको साथ खोजेको छ । तपाई हामी सबै मिलेर मुलुक बनाउन सक्छौं ।’ उनले भने ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ८ : ४२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त