२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बुटवललाई स्वस्थ्यको हब बनाउन सहकार्य जरुरी छ : नगर प्रमुख पाण्डेय



बुटवल । नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही जिल्लाको १२ औं वार्षिक साधारण सभा बुटवलमा सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै रक्तदान अभियान र बुटवलको पहिचानबारे प्रकाश पारे ।

कोभिड संकमणको समयमा रगत अभाव पूरा गर्न यस क्षेत्रमा सामाजिक संघसंस्थाहरुबाट भएको महत्वपूर्ण योगदान स्मरण गर्दै उनले सामाजिक भावनामा बुटवल अगाडी रहेको दाबी गरे । सेवाग्राहीलाई ब्लड बैकमा लाग्ने शुल्कलाई केही पालिकाहरुबाट निशुल्क घोषणा गरेको भन्दै यसमा अभियानको रुपमा सबै पालिकाहरुबाट चलाउन जरुरी रहेको बताए ।

ब्लड बैकको बैकल्पिक स्थानको बारे चाडो निर्णय गर्न सरोकारवाला निकायहरुलाई उनले आग्रह गरे । ‘ब्लड बैक निर्माणको बारेमा स्थानिय पालिका सकारात्मक छौ ।’ – उनले भने । बुटवल स्वस्थ्यको हबको रुपमा विकास हुँदै गर्दा यसमा मन खोलेर सहयोग गर्ने प्रतिवद्घता जनाउदै उनले स्वस्थ्य क्षेत्र, रक्तदानसंग जोडिएका हरेक क्षेत्रमा स्थानिय पालिका सहयोगका लागि प्रतिवद्ध रहेको बताए । ब्लड बैकमा आवश्यक पर्ने उपकरणको विषयमा स्थानिय पालिका सहयोगको लागि अग्रसर रहेको बताए । रक्तदानसंगै रक्तदानमा लाग्ने खर्च समेत सहयोग गर्ने नया अभियानको थालनी समाजका सदस्यहरुबाट भएको उनले बताए । नेपाल सरकारबाट किशोरीहरुलाई पाठेघरको क्यान्सरको रोकथामको निरोधकको लागी बुटवलका ८३ वटा स्थानमा कार्यक्रम गर्न लागेको बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले देशभर रक्तदाताहरुलाई संगठित गरि रक्त र रक्तदानका बारेमा सचेतना जगाउने काममा संस्थाबाट महत्वपूर्ण काम भएको बताए ।

कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारीले स्वार्थबिना अभियान चलाएको धेरै सामाजिक संघसंस्थाहरु मिलेर जानुपर्ने बताए । टोलटोलमा रक्तदान, एक घर एक रक्तदाता अभियान चलाउन आफुहरु लागेको उनले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले संस्थाको प्रगति विवरण पेश गर्दै रक्तअभियानबाट रुपन्देहीले देशविदेशमा पहिचान बनाउन सफल भएको भन्दै यो अभियानमा नया र युवाहरुको आवद्धता जरुरी रहने बताए । समाजबाट १४२ पटक रक्तदान गरेको उनले बताए । १८ वर्षदेखि माथि उमेर समुहलाई रक्तदान अभियानमा जोड्ने काम अघि बढाएको उनले बताए ।

यसैबिच नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र बुटवल शाखामा विगत २६ वर्षदेखि रक्त संकलन, वितरण र सचेतनामा योगदान दिएका निरन्जन राजभण्डारी र रक्तदाता युवाहरु कमल भण्डारी र सुमन घिमिरेलाई समेत सम्मान गरिएको समाजका सचिव अर्जुन पौडेलले बताए ।

कार्यक्रममा रुपन्देही ब्यापार संघका कार्यबाहक अध्यक्ष प्रकाश ढकाल, मानव अधिकारी तथा शान्ति समाजका जिल्ला अध्यक्ष अर्जुन ज्ञवाली, समाजका सल्लाकार डा राजेन्द्रप्रसाद बश्याल, स्वयंसेवी रक्तदाताहरु मिठु टण्डन भण्डारी, प्रकाश खनाल, समाजका उपाध्यक्ष उदय भटराईले रक्त अभियानमा आईपरेका समस्या, स्थानिय सरकारबाट गरिनुपर्ने समाधानका विषयमा प्रकाश पारे ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ५ : ०८ बजे

‘वाचापत्र’मा समेटिएका विषय बजेटमा प्रतिविम्बित हुन्छन् : अर्थमन्त्री डा वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा