२० मंसिर २०८२, शनिबार | December 6, 2025

क्यान्सर दिवसमा खजुरामा प्रभातफेरी र रक्तदान गरिँदै



खजुरा । संघीय सरकारले पूर्ण स्वामित्वमा लिएर पनि विगत ९ वर्ष देखि शुन्य दरबन्दीमा चल्दै आएको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले क्यान्सर दिवसको अवसरमा प्रभातफेरी र रक्तदान गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर अस्पतालले भोलि (मंगलबार) जनचेतनामूलक प्रभातफेरी र रक्तदान गर्ने भएको हो ।

बिहान ८ बजे अस्पताल परिषरबाट जनचेतनामूलक प्रभातफेरी निस्केने र त्यसपछि रक्चदानको कार्यक्रम गरिने अस्पतालका कार्यकारी निर्देशक प्रकाश प्रसाद साहले बताए । क्यान्सर दिवसकै अवसरमा अस्पतालमा भर्ना भएका बिरामीलाई फलफुल वितरण सहित अस्पतालका बिषयमा प्रस्तुस्तिकरण गरिने उनले जानकारी दिए ।

जनस्तरबाट मुट्ठीदान गरेर स्थापना भएको अस्पताल २०७२ सालबाट संघीय सरकारबाट संचालन हुँदै आएको छ । स्वामित्व ग्रहण गर्दा देखि नै दरबन्दी स्वीकृतिका लागि राजनीतिक नेतृत्वले आश्वासन दिँदै आएपनि अस्पताल अहिले सम्म शुन्य दरबन्दीमा काज, अस्थायी, करार र दैनीक ज्यालादारी कर्मचारीहरुले संचालन गर्दै आएका छन् ।

अघिल्लो महिनाबाट संचालनमा आएको लिन्याक मेसिनबाट हाल हप्तामा ३ देखि ४ जना क्यान्सरका बिरामीको सेकाई सुरु गरिएको छ भने हरेक दिन २५ बढी बिरामीले अस्पतालबाट किमोको सेवा लिइरहेका छन् । अस्पतालका सबै उपकरणहरु पूर्णरुपमा संचालन भइ क्यान्सरको उपचार सेवा संचालन गरिएको अस्पतालका क्यान्सर विषेशज्ञ डा. मुकेश यादवले बताए ।

धार्मिक अनुष्ठानबाट संत दिनदयालद्वारा संकल्प गरिएको अस्पताल भारतको लखनउ पूर्व र नेपालको चितवन पश्चिमको एकमात्र विशिष्टकृत क्यान्सर अस्पताल हो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ३७ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय