१४ असार २०८३, आइतबार | June 28, 2026

सीसीए कलेजको आयोजनामा काठमाडौंमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता हुँदै



काठमाडौं । सर्टिफाईड कलेज अफ अकाउन्टेसी (सीसीए) कलेजको आयोजनामा काठमाडौंमा पहिलोपटक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ ।

आगामी माघ २६ गते अर्थात्, फेब्रुअरी ८ मा सीसीए कलेजले अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता २०२५ गर्न लागेको हो ।

यस प्रतियोगिताले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई सार्वजनिक भाषण, सिर्जना र आत्मविश्वासको क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्न उत्कृष्ट मञ्च प्रदान गर्ने उद्देश्यले वक्तृत्वकला आयोजना गर्न लागिएको सीसीएका निर्देशक मनिष शर्माले बताए ।

प्रतियोगितामा काठमाडौंका करीब २५ भन्दा बढी विद्यालयका विद्यार्थीहरूले भाग लिने निर्देशक शर्माले जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीहरुको शैक्षिक र व्यावसायिक सफलताका लागि अत्यावश्यक पर्ने आलोचनात्मक सोच, उच्चारण, आत्मविश्वास तथा विचारोत्तेजक भाषण कला प्रस्तुत गर्न सहयोग पुर्याउने छ ।

निर्देशक शर्माका अनुसार प्रतियोगिताको विजेताले एउटा ट्याब्लेट, प्रमाणपत्र र मेडल, पहिलो रनर-अपले स्मार्टवाच, प्रमाणपत्र र मेडल, दोस्रो रनर-अपले हेडफोन, प्रमाणपत्र र मेडल र सबै सहभागीहरूलाई सहभागी प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै प्रतियोगितामा भाग लिन आएका विद्यालय प्रतिनिधिहरूलाई विशेष सम्मानस्वरुप सीसीए कलेजले मायाको चिनो प्रदान गर्नेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ३८ बजे

असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक

कास्की । पोखरा महानगरपालिका-३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

श्री एयरलाइन्सको जहाजमा समस्या, भैरहवामा आकस्मिक अवतरण

काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको एक यात्रुवाहक जहाजमा समस्या

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते मुसलधारे वर्षा हुने

काठमाडौं । मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल

सुस्ता सीमा विवाद समाधान गर्न सरकारलाई कूटनीतिक पहलको माग

बुटवल । सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले

काठमाडौंमा कागका कारण बर्ड फ्लु फैलियो

काठमाडौं । कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा