११ श्रावण २०८३, सोमबार | July 28, 2026

तनहुँ स्थानीयवासीको घर जोखिममा परेपछि ढुङ्गा उत्खनन रोक



तनहुँ । मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण व्यास नगरपालिका-११ का चार घरमा क्षति पुगेपछि स्थानीयवासीको सक्रियतामा उत्खनन् कार्य रोकिएको छ ।

चरम लापरबाही गरेर मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण रामथुम्कीका करिब दुई सय ५० घरपरिवार भूक्षयको उच्च जोखिममा परेको भन्दै उजुरी दिएपछि उत्खनन् कार्य रोकिएको हो ।

साविकको घाँसीकुवा गाविससंग सम्झौता गरी पशुपति क्वायरीले ढुङ्गा उत्खनन् कार्य गर्दै आएको थियो । करीब ३५ रोपनी क्षेत्रफलमा ढुङ्गा उत्खनन गर्दै आएको उक्त कम्पनीले वन क्षेत्रमा समेत उत्खनन् गर्न थालेपछि त्यसकाविरुद्ध स्थानीयवासीले डिभिजन वन कार्यालयमा उजुरी दिएका थिए ।

सो कम्पनीले ठूला मेसिन प्रयोग गरेर जथाभावी ढुङ्गा उत्खनन् गर्दा त्यहाँका स्थानीयवासीको घर उच्च जोखिममा परेका छन् । स्थानीयवासी रामबहादुर गुरुङ, भिमबहादुर गुरुङ, जीवन गुरुङ र जुठीमाया घर्तीका घरमा बस्नै नसक्ने गरी क्षति भएको बताइएको छ ।

मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण यहाँका २० जना व्यक्ति विस्थापित हुनुपरेको वडाध्यक्ष निरबहादुर खड्काले बताए । जथाभावी ढुङ्गा उत्खनन्का कारण पहिरो जान सक्ने अवस्था देखिएपछि उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको उनले जानकारी दिए ।

उनले भने, ‘विस्थापित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पहलकदमी भैरहेको छ ।’ बस्तीबाट करिब ६० मिटर तल चुन ढुङ्गा निकाल्न मेसिनहरु प्रयोग गरिएपछि माटो कमजोर हुनासाथ स्थानीयवासीको घर/बारीमा चिरा चिरा परेको पीडित जीवन गुरुङको भनाइ छ ।

उनका अनुसार जथाभावी उत्खनन् घर उच्च जोखिममा परेपछि रामथुम्की युवा क्लवको भवनमा तीन जनाको परिवार र गर्र्भवती जुठीमाया छिमेकीको घर आश्रय लिन वाध्य भएका छन् । दिनमा पशुचौपायालाई हेर्न आउने गरेपनि राती सोही क्लवको भवनमा सुत्ने गरेकोे स्थानीयवासी भिमबहादुर गुरुङले बताए ।

जिल्ला रेडक्रस सोसाइटी तनहुँले कम्बल र व्यास नगरपालिका— ११ वडा कार्यालयले त्रिपाल दिएपनि आफूहरुले अन्यबाट कुनैपनि राहत नपाएको उनीहरुको गुनासो छ ।

मापदण्डविपरित ढुङ्गा उत्खनन् गरेका कारण स्थानीयवासी विस्थापित हुनुपरेको उजुरी परेपछि उत्खनन् गर्ने कम्पनीलाई पत्र काटेर स्पष्टीकरण सोधिएको तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताए । यस सम्बन्धमा स्थानीय सरकारको राय माग गर्दै व्यास नगरपालिकालाई समेत पत्राचार गरिसकेको उनले बताए । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ६ : १२ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला