२ श्रावण २०८३, शनिबार | July 18, 2026

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने



काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म कार्यान्वयनमा नगएका योजना तथा कार्यक्रम रद्द हुनेभएका छन ।

चालू आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारले आयव्ययको अनुमान संशोधनसँगै योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि बजेटका योजना तथा कार्यक्रमको पुनःप्राथमिकीकरण गरिएको बताए । विनियोजित बजेटको सीमा नाघ्ने गरी खर्च गरेर अर्को वर्ष भुक्तानी दिने गरी दायित्व सार्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उनको भनाइ थियो ।

हालसम्म कार्यान्वयन सुरु नभएका कार्यक्रमको बजेट रोक्का राखी अत्यावश्यक पर्ने क्षेत्रमा रकमान्तर गरी व्यवस्थापन गरिने अर्थमन्त्री पौडेलले उल्लेख गरे । अनिवार्य दायित्वका खर्चहरू आगामी आर्थिक वर्षमा स्थानान्तरण नहुने गरी चालु आर्थिक वर्षमा नै भुक्तानी गरिसक्ने, अति आवश्यक अवस्थामा बाहेक कार्यालय सञ्चालन खर्चमा थप निकाशा नगर्ने, अत्यावश्यक बाहेक चालु आर्थिक वर्षमा नयाँ सङ्गठन संरचना र दरबन्दी सिर्जना नगर्ने साथै सभा, गोष्ठी, सेमिनार जस्ता कार्यक्रम सरकारी निकायका सभाहलमा नै गर्ने निर्णय सरकारले बजेटको अर्धवार्षिक समीक्षामार्फत गरेको छ ।

त्यसैगरी, नेपाल सरकारको स्रोतमा सरकारबाट अनिवार्य रूपमा प्रतिनिधित्व गर्नुपर्नेबाहेक वैदेशिक भ्रमणलाई निरुत्साहित गर्ने, कार्यक्षेत्र दोहोरो परेका संरचना गाभ्ने, अनावश्यक संरचना खारेज गर्ने, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रमा पर्ने संरचना र जनशक्ति हस्तान्तरण गर्ने पनि बजेट समीक्षामा उल्लेख छ ।

तोकिएका कार्यविधि र मापदण्ड पूरा नगरी आर्थिक सहायता वितरण नगर्ने, सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन सङ्गठन संरचनामा रहेका दोहोरोपन हटाउने, छरिएर रहेका सामाजिक सुरक्षाका कार्यक्रमलाई एकीकृत र व्यवस्थित गर्दै दोहोरो नपर्ने गरी व्यवस्थापन गर्न आवश्यक प्रणालीको विकास गर्नेलगायत सुधारका काम गरिने बजेट समीक्षा प्रतिवेदनमा जनाइएको छ ।

हालसम्म कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गर्ने तथा पूर्वतयारी पूरा नभएका आयोजना तथा कार्यक्रम सुरु नगर्ने नीति लिइनेछ । राष्ट्रिय गौरवका आयोजना, अधुरा आयोजना एवं अन्य महत्वपूर्ण आयोजनामा विधिपूर्वक सिर्जित दायित्वका लागि बजेट व्यवस्थापन गरिनेछ । बजेट समीक्षामार्फत सरकारले भनेको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ को हकमा तत्काल खर्च नहुने तथा न्यून प्राथमिकताका आयोजनामा विनियोजित रकमबाट रकमान्तर गरी प्राथमिकता प्राप्त आयोजनामा स्रोत व्यवस्थापन गर्ने नीति लिइने छ । हालसम्म कार्य अघि नबढेका, खर्च हुन नसक्ने योजना र कार्यक्रमको पहिचान गरी सोको बजेट समर्पण गराई खर्च हुने योजना र कार्यक्रममा रकमान्तर गरी सिर्जित दायित्व फरफारक गरिनेछ । स्रोत सुनिश्चितता दिइएका एवं कार्य अघि बढाउन सहमति दिइएको सडक, सहरी विकास, सिँचाई, खानेपानी जस्ता निकायमा सम्झौता बमोजिम विल पेश भएका निर्माण व्यवसायीको भुक्तानी यसै आर्थिक वर्षमा दिई फरफारक गरिनेछ ।

गैरबजेटरी कार्यक्रममा रकम निकासालाई निरुत्साहित गर्ने, वैदेशिक सहायताअन्तर्गत सञ्चालित आयोजनाको सहायता परिचालन गर्न समस्या भएमा आवश्यकता र औचित्यका आधारमा स्रोत फुकुवा वा स्रोतान्तर गरी सहजीकरण गर्ने नीति लिइने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ९ : ५० बजे

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य