९ बैशाख २०८३, बुधबार | April 22, 2026

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : डा. शेखर कोइराला



भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

आज भक्तपुरमा जिपि कोइराला फाउण्डेसनले आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा बोल्दै उनले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

संसद्लाई छलेर जान खोज्यो भने त्यो निरङ्कश हुने बताउँदै उनले दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी नभएकाले संंसद्बाटै ऐन, कानुन बनाउनुपर्नेमा जोड दिए ।

उनले भने, “अध्यादेशबाट देश चलाउने संस्कार हाम्रो होइन । प्रजातन्त्रमा भरसक हामीले संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।”

सोही कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय नेता, विभिन्न जिल्लाका सभापतिलगायतले आफ्ना धारणा राखेका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ८ : ५१ बजे

यस पटकको निर्वाचनप्रति कसैको गुनासो रहेन : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गत फागुन

बुटवल उपमहानगरको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंकको सहकार्य

बुटवल । बुटवल उपमहानगरपालिकाको व्यवस्थित शहर बनाउने अभियानमा वर्ल्डलिंक कम्युनिकेशनले

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् ।

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन

काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन