२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

मेयर कप फुटबल : होप इन्टरनेशनल मेयर कप फुटबलको सेमिफाइनल प्रवेश



नेपालगन्ज । होप इन्टरनेशनल स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । धम्बोझी, मोर्डन, युनाइटेड र मनकामना स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज रंगशालामा भएको खेलमा होप इन्टरनेशनल स्कुलले ब्राइटल्याण्ड स्कुललाई ३–१ ले पराजित गरेको छ । होपको जितमा सन्दिप केसीले २ गोल र अस्मित थापा मगरले १ गोल गरे ।

सुदिप केसीले ४६औं मिनेट र ५७औं मिनेटमा गोल गरेका थिए । अस्मितले ६३ औं मिनेटमा गोल गरे भने ब्राइटल्याण्डका अनमोल गुरुङले ५५औं मिनेटमा गोल गरे । खेलमा प्लेयर अफ द म्याच घोषित भएका प्लेयर अफ द म्याच सुदिप केसीलाई नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा र जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले पुरस्कृत गरेका थिए ।

यसैगरी आइतबार कमजोर प्रकाशका कारण स्थगित भएको खेलमा धम्बोझी माविले पेनाल्टी सुटआउटमा सिद्धार्थ विद्या सदनलाई ४–२ ले हराएको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा धम्बोझीका दिनेश रोकाय, समिर मगर, कृस जिएम र तुफान शाहीले गोल गरे । सिद्धार्थका जेनिश थारु र राज खत्रीले मात्र गोल गर्न सफल भए । खेलमा प्लेयर अफ द म्याच बन्न सफल धम्बोझीका गोलकिपर प्रेम खत्रीलाई प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले पुरस्कृत गरे ।

सोमबारको पहिलो खेलमा मोर्डन पब्लिक स्कुलले जीवन ज्योती स्कुललाई २–१ ले हराएको छ । मोर्डनको जितको सुमित चौधरीले १९औं मिनेट र कबिर विष्टले ५५औं मिनेटमा गोल गरे । जीवन ज्योतीका प्रदेश रेग्मीले ३८औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । तर कविरले खेलको अन्त्यतिर गोल गर्दै टोलीलाई जित दिलाए । खेलमा प्लेयर अफ द म्याच घोषित मोर्डनका कबिर विष्टलाई नेपालगन्ज उप–महानगरपालिका पूर्व नगर उप–प्रमुख उमा थापा मगरले ट्रफी प्रदान गरिन् ।

त्यस्तै युनाइटेड एजुकेशन स्कुलले मंगल प्रसाद माविलाई ३–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ । युनाइटेडको जितमा समिर विकले १९औं मिनेट, निक्सान सुनारले २२औं मिनेटमा गोल गरेका थिए भने मंगलको तर्फबाट एउटा आत्मघाती गोल भएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न निक्सान सुनारलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत सोमबार चौथो खेलमा मनकामना स्कुलले सगरमाथा स्कुललाई सडनडेथ ५–४ ले पराजित गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । सगरमाथाका मनिष सुनारले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मनकामनाका बिराट चन्दले ३५औं मिनेटमा गोल गरेर खेल बराबरीमा लगेका थिए । सडन डेथमा पुगेको खेलमा मनकामनाका बिराट चन्द, पुनित विक, भिसन बम, रोशन महतारा, हिमान्शु नगालले गोल गरे । सगरमाथाका प्रतिक जंग खत्री, दिनेश सलामी मगर, प्रेमनाथ मगर, विश्वास खत्रीले गोल गरेका थिए ।

खेलमा प्लेयर अफ द म्याच घोषित मनकामनाका बिराट चन्दलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र बाँके जिल्ला फुटबल संघका सह–महासचिव दिर्घराज आचार्य(कौशल)ले पुरस्कृत गरेका थिए ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ९ : ३२ बजे

बाँकेमा निर्वाचनको पूर्व तयारी सम्पन्न, मतगणना स्थलमा तारजालीको घेराबन्दी (फोटोफिचर)

नेपालगन्ज । बाँकेमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा

सत्कारले लोभिन्छन् भकुण्डेको घरबासका पाहुना

बागलुङ । साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला

मनोबल बोकेर निर्वाचन सुरक्षामा खटियो नेपाल प्रहरी

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित

मौन अवधिमा सिरहा-३ का जसपा उम्मेदवार पक्राउ

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मुखैमा जनता समाजवादी पार्टी (जसपा) नेपालका