४ पुस २०८२, शुक्रबार | December 19, 2025

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस : हाजिरीजवाफ प्रतियोगितामा मायादेवी प्रथम



बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादगाउपालिका प्रथम भएको छ । प्रतियोगितामा तिनाउ गाउपालिका द्वितीय र सैनामैना नगरपालिका तृतीय भएका छन् ।

रूपन्देही र पाल्पाका गरी १० पालिकाको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने पालिकाले २५ हजार,द्वितीय हुनेले १५ हजार र तृतीय स्थान प्राप्त गर्ने पालिकाले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

विजयी प्रतियोगि तथा सहभागी पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालले पुरस्कार तथा प्रमाणपत्र बितरण गरिन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिको आयोजना भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेकी हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिकाका अध्यक्ष अनिलकुमार माण्डव्यको सभापतित्व र नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संयोजक ठगिश्वर पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको एशोसिएशनका सचिव सचिव रेश्मिराज घिमिरेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले फागुन ३ गते स्थापना दिवस मुल समारोह आयोजना गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ५१ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित