२७ बैशाख २०८३, आइतबार | May 11, 2026

बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवस : हाजिरीजवाफ प्रतियोगितामा मायादेवी प्रथम



बुटवल । बुटवल उपमहानगरपालिकाको ६६ औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका हाजिरीजवाफ प्रतियोगितामा रूपन्देहीको मायादगाउपालिका प्रथम भएको छ । प्रतियोगितामा तिनाउ गाउपालिका द्वितीय र सैनामैना नगरपालिका तृतीय भएका छन् ।

रूपन्देही र पाल्पाका गरी १० पालिकाको सहभागीता रहेको प्रतियोगितामा प्रथम हुने पालिकाले २५ हजार,द्वितीय हुनेले १५ हजार र तृतीय स्थान प्राप्त गर्ने पालिकाले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

विजयी प्रतियोगि तथा सहभागी पालिकाहरूलाई बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्यालले पुरस्कार तथा प्रमाणपत्र बितरण गरिन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिको आयोजना भएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्यालले उद्घाटन गरेकी हुन् ।

नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवल उपमहानगरपालिकाका अध्यक्ष अनिलकुमार माण्डव्यको सभापतित्व र नगर उपप्रमुख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल, नेपाल नगरपालिका कर्मचारी एशोसिएशन केन्द्रीय महासचिव सितुप्रसाद श्रेष्ठ, केन्द्रीय सदस्य तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम संयोजक ठगिश्वर पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेको एशोसिएशनका सचिव सचिव रेश्मिराज घिमिरेले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले फागुन ३ गते स्थापना दिवस मुल समारोह आयोजना गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ६ : ५१ बजे

दोस्रो राष्ट्रिय महिला फुटबल : अभिशेक चर्च अन्तिम चारमा

बुटवल । बुटवलमा जारी दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता–२०८३ अन्तरगत

कोहलपुरमा एक सय आठ घरटहरा हटाइयो

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण

रुपन्देहीमा सार्वजनिक शान्तिमा खलल पुर्याउने ११ जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुमा शान्ति सुरक्षामा खलल पुर्याउने

पसल काउण्टरबाट पैसा चोर्ने समूहका एकजना पक्राउ

नेपालगन्ज । पसलको काउण्टरबाट पैसा चोर्ने समुहका एकजनालाई आज स्थानीयले

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको