२३ भदौ २०८३, मंगलबार | September 8, 2026

बाबुको हत्या आरोपमा छोरा–बुहारीसहित ६ जना पक्राउ



इलाम । इलाममा बाबुको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका छोराबुहारीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ।

सूर्योदय नगरपालिका–११, सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

हत्या आरोपमा मृतकका छोरा २९ वर्षीय एडवड राई तथा एडवडकै पत्नी २६ वर्षीया मालती तामाङ (राई), छिमेकी २४ वर्षीय नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राईलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

मृतक शव सोमबार उनकै घरको भुइँतल्लाको बीचको कोठामा भेटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

राईको टाउकोको अगाडि र पछाडिको भागमा गम्भीर चोट लागेको, कोठामा रगत लागेको अवस्थामा कोदालो, फलामको रड, आग्लोलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : ०१ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा