३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीनानाथ शर्मा



पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेश इन्चार्ज दीनानाथ शर्माले आफ्नो पार्टीलाई सरकारमा जाने हतार नरहेको बताएका छन् ।

माओवादी केन्द्र बागलुङ–पोखरा सम्पर्क समन्वय समिति आज पोखरामा आज आयोजित प्रथम अधिवेशन उद्घाटन गर्दै उहाँनले पार्टीले सरकारमा नजाने र पुनः एक पटक जनतामा फर्किने सङ्कल्प गरेको बताए ।

“माओवादीको प्राथमिकता अहिले सरकार होइन, हामी जनतामा फर्किएका छौँ, पार्टी पुनःनिर्माण गरेर जनताको विश्वास जितेर मात्र सरकारमा जान्छौँँ ।” सचिव शर्माले भने । पार्टीको गत पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टीभित्र मजबुत एकता कायम गरेर अभियानमा लाग्ने निर्णय गरेको भन्दै उनले आगामी चुनावमा श्रेष्ठता कायम गर्ने गरी अगाडि बढ्न आग्रह गरे ।

नेता शर्माले पार्टीले हरेक नेता कार्यकर्तालाई जनतासँग जोड्ने कार्यक्रमका लागि सबै केन्द्रीय सदस्यलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर पठाउने योजना बनाएको समेत जानकारी दिए ।

कायृक्रमलाई पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, केन्द्रीय सदस्य कृष्ण केसी, बागलुङका इन्चार्ज चन्द्रबहादुर बुढा, कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, माओवादी बागलुङ संयोजक राजीव घिमिरेलगायतले सम्बोधन गरेका थिए ।

समितिको प्रथम अधिवेशनले कुलचन्द्र शर्माको अध्यक्षतामा ४१ सदस्यीय समिति निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  ९ : १२ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा