२३ भदौ २०८३, मंगलबार | September 9, 2026

आज दशरथ रंगशालामा नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल



काठमाडौं । नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ । चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा नेपाल स्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद् (राखेप), अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

दोस्रो पटक चीनसँग् नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुन लागेको हो । मैत्रीपूर्ण खेलका लागि एन्फाले राजेश शाहीको नेतृत्वमा ४५ सदस्यीय खेलाडीलाई लामो समयदेखि बन्द प्रशिक्षणमा राखेको थियो ।

गतवर्ष दशरथ रङ्गशालामै भएको खेलमा नेपाली यु-२३ टोलीले चिनियाँ टोलीलाई ५-१ गोलले हराएको थियो ।

नेपालले यसपटक यु-२० टोली खेलाउने तयारी गरेको छ । मैत्रीपूर्ण खेलसँगै रङ्गशालामा नेपाल र चीनको विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछ । नेपाली युवा टोलीसँग प्रतिस्पर्धा गर्न फागुन १ गते नै चिनियाँ टोली काठमाडौं आइसकेको छ ।

रंगशालामा यो खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार  ७ : १० बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी