९ बैशाख २०८३, बुधबार | April 22, 2026

प्रधानमन्त्री ओलीले दङ्गाली मतदाताको अपमान गरे : पूर्वमन्त्री रेखा शर्मा



दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री केपी शर्मा ओली दाङ पुगेर मतदाताको अपमान गरेको बताएकी छन् । नेकपा एमालेले दाङको घोराहीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा निर्वाचनमा शंकर पोखरेललाई हराएर दंगाली जनताले गल्ती गरे भन्नु सिङ्गो मतदाताप्रति अपमान गरेको बताएकी हुन् ।

दाङ क्षेत्र नं. २ बाटै निर्वाचित पूर्वमन्त्री शर्माले प्रधानमन्त्री ओलीले पोखरेलले चुनाव जित्दा दाङको विकास गर्न धेरै सहज हुने थियो भन्ने कुरा गलत भएको टिप्पणी गरिन् । कुन दल र कुन उम्मेदवारलाई भोट हाल्ने भन्ने कुरा मतदाताको अधिकार भएको प्रतिक्रिया दिँदै पूर्वमन्त्री शर्माले शंकर पोखरेललाई दंगाली जनताले हराएर गल्ती गरे भन्नु सिंगो दङ्गाली जनताप्रति नै अपमान गरेकोमा खेद प्रकट गरिन् । २०७४ मा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रकै सहारामा चुुनाव जितेको प्रधानमन्त्री ओलीले भुल्न नहुने पनि पूर्वमन्त्री शर्माले बताइन् ।

प्रतिनिधिसभामा दाङ क्षेत्र नं. २ बाट निर्वाचित पूर्वमन्त्री शर्माले शंकर पोखरेलले माओवादी केन्द्रको सहयोगबिना चुुनाव जित्नै नसक्ने धारणा व्यक्त गरिन् । एमालेले विकास गर्ने नाममा जनतालाई ढाँटेर कमिशन पाउने आशामा आफू निकटका मान्छेलाई घोराही–तुलसीपुर फोरलेन सडकको ठेक्का दिएको बताउँदै एमालेकै कारण फोरलेन बन्न नसकेको प्रतिक्रिया दिइन् । स्वयम् आफू र नेपाली काग्रेसका लुम्बिनी प्रदेशका सांसद राजु खनाल, प्रचण्डविक्रम न्यौपानेले ठेकेदारसँग अदालत नजाने सहमति गरेपछि मात्रै फोरलेन सडक निर्माणको काम थालिएको बताइन् । प्रचण्ड नेतृत्वको सरकारले घोराही–तुलसीपुर फोरलेन सडक निर्माणको प्रक्रिया थालेको भन्दै त्यसको जस एमालेले लिन खोजेको उनले आरोप लगाइन् ।

२०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा चुनावमा दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका थिए । कांग्रेससँगको गठबन्धनबाट उम्मेदवार बनेकी शर्माले पोखरेललाई १ सय ३ मतले हराएकी थिइन् । शर्माले २६ हजार ८ सय ८ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८७ मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ९ : ३४ बजे

विश्व मातृ पृथ्वी दिवस : दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौं । दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

बागलुङ । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र

ईरानमाथि बमबारी गर्ने धम्की दिएका ट्रम्पले किन बढाए युद्धविराम ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको युद्धविराम अनिश्चितकालका लागि बढाउने निर्णय

सरकारी गाडीको ठक्करबाट गैँडाकोटमा पैदलयात्रीको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१० सिस्नेस्थित पूर्वपश्चिम राजमार्गमा