२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

केआइआइटीले माग्यो माफी, नेपाली विद्यार्थीलाई कुटपिट गर्ने कर्मचारीमाथि कारबाही



काठमाडौं। भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीले नेपाली विद्यार्थीहरूमाथि भएको कुटपिट र दुर्ब्यवहारप्रति माफी मागेको छ । नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि भएको घटनाप्रति विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ।

केआइआइटीले नेपाली विद्यार्थी कुटपिट गर्ने सुरक्षाकर्मीलाई बर्खास्त गरेको छ । छात्रावासका दुई वार्डेन र प्रशासनिक अधिकारीलाई निलम्बन गरेर आन्तरिक जॉचबुझ गरेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका दुई वरिष्ठ होस्टेल अधिकारीहरू र एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धान नभएसम्म निलम्बन गरिएको छ। क्याम्पस कर्मचारीहरूले विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्कन सक्रिय रूपमा काम गरिरहेको पनि मंगलबार प्रकाशित विज्ञप्तिमा उल्लेख छ।

क्याम्पसमा नेपाली विद्यार्थीहरूलाई फर्काउन सहजीकरणका लागि कन्ट्रोल रुम सञ्चालन गरेको छ । नेपाली विद्यार्थीहरूलाई परेको समस्याका लागि माफी मागेको छ। ‘हामी हाम्रा विद्यार्थीहरूको सुरक्षा र हकहितलाई सबैभन्दा बढी प्राथमिकता दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  १ : १४ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर