२३ भदौ २०८३, मंगलबार | September 8, 2026

राजाको सदिच्छामा राप्रपाको पूर्ण समर्थन छ : धवलशम्शेर राणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी महामन्त्री डा. धवलशम्शेर राणाले देशलाई संकटबाट निकास दिने पूर्वराजा ज्ञानेन्द्रको सदिच्छामा राप्रपाको पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन्।

देशलाई गंभीर संकटबाट निकाल्न सबै पार्टी, समुह र नेपाली मिलेर अघि बढ्न महामन्त्री राणाले सबैमा आग्रह पनि गरेका छन्।

‘प्रजातन्त्रलाई सुदृढ गर्ने र प्रजातन्त्रको सार्थक प्रतिफल जनतासमक्ष पुर्याउने उद्देश्यसाथ देशलाई संकटबाट निकास दिन राजाबाट सम्पूर्ण नेपालीको साथ खोजिबक्सेको छ, त्यसप्रति हाम्रो पार्टी राप्रपा र मेरो पनि पूर्ण समर्थन छ,‘ राप्रपा नेता राणाले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

‘राजाको पछिल्लो आह्वानप्रति संवेदनशील हुँदै देशलाई गम्भीर संकटबाट बाहिर निकाल्न आजकै दिनबाट सबै पार्टी, समूह र नेपालीले मिलेर अघि बढौं, यही मेरो सबैमा आग्रह छ,’ उनले भनेका छन्।

राप्रपा महामन्त्री राणाले भने, ‘राप्रपाको केन्द्रीय कार्यसमितिले अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नारासहित निषेधको राजनीतिलाई अन्त्य गर्दै युगानुकूल नेपालको पहिचान र गौरब कायम गरौं भने लक्ष्य लिई आन्दोलनको थालनी गरिसकेको छ। यो निरन्तर रूपमा चलाइने प्रतिवद्धता पनि दोहोर्‍याउन चाहन्छु।’

कुशासन, लूटतन्त्र, सर्वत्र व्याप्त भ्रष्टाचार, बेरोजगारी, शैक्षिक अस्तव्यस्तता, आम विदेशगमन, क्षतविक्षत अर्थतन्त्र र राजनीतिक बेथितिले आज मुलुकमा गम्भीर अवस्था उत्पन्न भएको भन्दै राणाले राष्ट्रिय एकता सुदृढ गरी देश बचाउने र बनाउने महत्वपूर्ण अभिभारा आजको पुस्ताको कॉधमाथि इतिहासले सुम्पिएको बताए।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो मन्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए। उनले अब समय आयो भन्दै त्याग गर्न तयार रहेको बताएका थिए।

पूर्वराजा शाहले देशका लागि आफ्नो समर्पण र निष्ठा सदैव रहने बताएका थिए। राष्ट्रको हितका लागि आफूले त्याग गरेको र त्यागलाई कमजोरी नसम्झिन उनले आग्रह गरेका छन्। उनले भने, ‘कतै कुनै पन र पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो। हाम्रो त्यागको अर्थ र आशय पनि त्यही नै हो।’

पूर्वराजाले प्रजातन्त्र आशा जगाउने प्रणाली रहेको भन्दै तीन दशकयताको स्थिति यस्तो नरहेको उल्लेख गरेका छन्। व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुःखद कुरा रहेको उनले बताए।

‘राष्ट्रिय प्रजातन्त्र दिवसको आजको दिनले ७४ वर्षअघि देशको बृहत्तर हितका लागि राजा र नेपाली नागरिकले सामूहिक रूपमा परिवर्तनका लागि गरेको योगदानको इतिहास स्मरण गराउँछ। यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको प्रगति, सुख र सम्वृद्धिका लागि शुभकामना व्यक्त गर्दछु,’ राणाले वक्तव्यमा भनेका छन् ।

राप्रपामा पछिल्लो समय ध्रुवीकरण छ। अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाका छुट्टाछुट्टै समूह छन्। अध्यक्ष लिङ्देनले राजतन्त्र पुनः स्थापनाको मुद्दा कमजोर बनाएको आरोप राणा पक्षधरको छ।

राणालाई पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, लोकेन्द्रबहादुर चन्दलगायतले समर्थन गरिरहेका छन्। लिङ्देनप्रति पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवाससमेत चिढिएको राप्रपा वृत्तमा चर्चा छ।

केन्द्रीय कार्यसम्पादन समिति बोलाऔं : लोहनी

यस्तै, लोहनीले प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा पूर्वराजा ज्ञानेन्द्रबाट आएको ‘साहसिलो र प्रशंसनीय’ सम्बोधनको विषयमा छलफल गर्न राप्रपाको कार्यसम्पादन समिति बैठक यथाशिघ्र बस्न जरुरी भएको बताएका छन्।

‘राजा ज्ञानेन्द्रबाट राष्ट्रियता, प्रजातन्त्र र जनताको पक्षमा भएको साहसिलो सम्बोधन प्रशंसनीय र सबै पक्षबाट मननीय छ,’ राप्रपाका वरिष्ठ नेता लोहनीले सामाजिक सञ्जालमा बुधबार लेख्दै भने, ‘यसबारे राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रविन्दुमा राखेर गम्भीर छलफल गर्न राप्रपाले चाँडो कार्यसम्पादन समितिको बैठक डाक्नु जरुरी भएको छ।’

लोहनीले फागुन ७ गते  राजा र जनताको संयुक्त संघर्ष र प्रयासबाट देशमा संवैधानिक राजसंस्था र जनताको सर्वोच्चताको दर्शन र अवधारणाले जग हालेको दिन रहेको बताए।

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य जारी गर्दै ‘राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धी र उन्नतिका निमित्त हामीलाई साथ दिन’ सबै देशबासीलाई आह्वान गरेका थिए।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ५ : ४९ बजे

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका

काभ्रेमा छ हजार ‘भूमिहीनको’ निवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा छ हजारभन्दा बढी भूमिहीन सुकुमवासी, दलित र

भेडागोठमा लालबिरका सात दशक

म्याग्दी । शिरमा ढाका टोपी । इस्टकोटको बाहिर सेतो भाङ्ग्रा