३ श्रावण २०८३, आइतबार | July 20, 2026

महिला उद्यमीको प्रदर्शनी : सीप सिक्ने थलो बन्दै



नेपालगन्ज । सामान्यतया नेपालमा हुने गरेका मेला महोत्सव सामाग्रीहरुको बेचबिखन र सांस्कृतिक रमझममा केन्द्रीत हुने गरेका छन् । त्यसमा पनि मेला र प्रदर्शनी भनेपछि लामो समयदेखि बिक्री नभएको माल वस्तुहरु सेलमा लगाएर स्टक आउट गर्ने पर्वकारुपमा पनि व्यवसायीहरुले उपयोष् ष्र्ने गरेका छन् । शिर्शकमा औद्योगिक प्रवरेद्धन भनिएपनि त्यस्ता प्रदर्शनीमा गएर अवलोकनकर्ताले सिक्ने कुनै अवसर पाएका हुँदैनन् । तर नेपालगन्जमा जारी महिला उद्यमीहरुको लुम्बिनी प्रदेश स्थरीय प्रदर्शनीमा भने अवलोकनकर्ताले उद्यमका केही सिकाई प्राप्त गर्ने भएका छन् ।

महिला उद्यमी संघबाँकेले नेपालगन्जमा संचालन गरेको नवौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीमा युवा पुस्ताले बिर्सेको गुन्द्री बुन्ने कला, च्याउ उत्पादको बिधि र अल्लोको धागो काढ्ने कला प्रदर्शनी गरेर प्रदर्शनीलाई सिक्ने थलोकारुपमा स्थापित गरिएको छ ।

प्रदर्शनीमा प्रत्यक्षरुपमा गुन्द्री बुन्ने तान लगाएर परालको गुन्द्री र चकटी बुन्ने प्रबिधि अवलोकनकर्ताको रुचीको विषय बनेको छ । कोहलपुरबाट बागेश्वरी दर्शन गर्न आउने क्रममा प्रदर्शनीमा पसेकी युवती उषा रावतले आफुले पहिलो पटक गुन्द्री बुनेको देखेको बताइन् । उनले बजारमा गुन्द्री देखेपनि बुन्ने तरिका भने नदेखेको बताइन् ।

परम्परामा ठुलो महत्व बोकेको गुन्द्री बुन्ने प्रबिधि नयाँ पुस्तालाई देखाउनकै लागि प्रदर्शनीमा गुन्द्री बुन्ने तान लगाइएको महिला उद्यमी संघ बाँकेकी कोषाध्यक्ष बिन्दु चर्तीमगरले बताइन् । ‘नयाँ पुस्तालाई गुन्द्री भनेकै थाहा छैन,’ उनले भनिन्, ‘हामी नयाँ युवा पिँढीलाई पर।म्परा देखाउन चाहन्छौं ।’

प्रदर्शनीमा परालमा च्याउ कसरी उमारिन्छ र च्याउको उत्पादन कसरी हुन्छ ? भन्ने प्रबिधिको पनि प्रदर्शन गरिएको छ । सानो लगानीमा च्याउ उत्पादन गर्न चाहने सर्वसाधारणलाई च्याउ उत्पादनको प्रदर्शनी उपयोगी हुन सक्ने महिला उद्यमी संघ बाँकेकी अध्यक्ष साबित्रा बस्नेतले बताइन् । च्याउ उद्योग संचालन गर्न चाहने महिलालाई थप तालिम दिन पनि संघ तयार रहेको उनले बताइन् ।

प्रदर्शनीमा अल्लोको कपडा बुन्ने उन कसरी काढीन्छ ? भन्ने पनि देख्न सकिन्छ । रोल्पा, रुकुममा उत्पादन हुने अल्लोको कपडा न्यानो मात्र नभएर बलियो र आकर्षक पनि हुने गर्दछ । प्रदर्शनीमा राखिएका अल्लोका कपडा र झोलाहरु प्रदर्शनकिो अर्को आकर्षण बनेको छ ।

महिलाहरुले गरेको यस्ता प्रदर्शनी र उत्पादनहरुलाई स्थानीय सरकार र उद्योग बाणिज्य संघहरुले प्राथमिकतामा राखेर प्रवर्द्धन गरिनुपर्ने नेपाल उद्योग बाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको भनाई छ ।

प्रदर्शनीमा करिब ६० वटा स्टलमा १ सय ५० भन्दा बढी उद्यमीहरुले आफनो उत्पादन राखेका छन् । प्रदर्शनी स्टलमा मस्यौरा, अल्लोबाट बनेको सामान, बेतको सामान, खुकुरी, भाँङ, स्थानीय उत्पादन बेसार, अचार, महँ, ह्याण्ड मेड जुत्ता, थाकल, ढाकाको कपडा, काँसका सामान, हस्तकलाका सामान, तोरीका तेल, अण्डा लगायतका वस्तुहरु बिक्री वितरण तथा प्रवद्र्धनका लागि राखिएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : २९ बजे

अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जनालाई

पशुपतिनाथमा साउने सोमबारमा दर्शनार्थीलाई सहजै दर्शनको व्यवस्था

काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको

बाँकेमा विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन : पहिलो दिनमै १९ थान बेवारिसे मिटर फेला

नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले बाँकेमा विद्युत्

झिमरुक खोलामा एक पुरुषको शव फेला

प्यूठान । प्यूठानको ऐरावती गाउँपालिका-५ पकलास्थित झिमरुक खोलामा एक जनाको

राति १० बजेपछि नारायणगढ-मुग्लिन सडकमा सवारी आवागमन बन्द

चितवन । स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग