२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिता : तेस्राे दिन आज पाँच खेल सम्पन्न



बुटवल । दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत तेस्राे दिन आज पाँच खेल सम्पन्न भएको छ ।

बुटवलको तामनगरस्थित चारपाला खेल मैदानमा छात्र तर्फ
आज भएको नवरत्न मावि र नविन औद्याेगिक माविबीचको खेलमा ४-१ गाेल अन्तरले नविन औद्याेगिक मावि विजयी भएको छ ।

चारपाला खेल मैदानमै भएको सरस्वती मावि र त्रिभुवन युनाइटेड स्कुल बीचको अर्को खेलमा सरस्वती मावि ३-० ले विजयी भएको नगर खेलकुद विकास समिति शेरजङ गुरूङले जानकारी दिए ।

उता जवई खेलमैदानमा छात्र तर्फ आजै भएको नयाँगाउँ मावि/ सरस्वती आधारभूत विद्यालयबीचको खेलमा ३-० ले नयाँ गाउँ मावि विजयी भएको छ भने ज्ञानाेदय मावि र माेतिपुर माविबीचको खेलमा ४-० ले माेतिपुर मावि विजयी भएको छ ।

त्यस्तै जवई खेलमैदानमै आज भएको प्रगति मावि र न्यु होराइजनबीचकाे खेलमा २-० ले न्यु होराइजन विजयी भएको सदस्य गुरूङले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत भाेली ८ गते बिहीबार चारपाला खेल मैदानमा नविन औद्याेगिक मावि/ सरस्वती मावि तथा कान्ति मावि /स्कलर्स हाेमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका खेल कमिसार हरिप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जवई खेलमैदानमा छात्र तर्फ नयाँगाउँ मावि/न्यु होराइजन र माेतिपुर/ अक्सफोर्ड माविबीच प्रतिस्पर्धा हुदैछ भने छात्रा तर्फ न्यु होराइजन/अक्सफोर्ड मावि तथा कान्ति मावि / गार्गी माविबीच प्रतिस्पर्धा हुने छ ।

प्रतियोगिताको छात्रतर्फको उपाधि विजेताले नगद १ लाख रुपैया तथा उपविजेता टिमले नगद ६० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए । यसैगरि छात्रातर्फ उपाधि विजेताले नगद ५० हजार रुपैया तथा उपविजेता टिमले ३० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि प्रतियोगितामा विधागत उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा छात्रतर्फ २५ र छात्रातर्फ १० विद्यालयहरुले भाग लिएका छन । सात दिन संचालन हुने प्रतियोगितामा १८ लाख खर्च हुने अनुमान रहेको छ । पहिलो संस्करणमा अक्सफोर्ड मावि प्रतियोगिताको विजेता रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ५७ बजे

आजबाट आइसीपी नेपालगन्जमा मूल्यांकन डाटाबेस प्रणाली संचालनमा

नेपालगन्ज । आइसीपी नेपालगन्जमा आजबाट मूल्यांकन डाटाबेस प्रणाली संचालनमा ल्याइएको

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पुर्पक्षका लागि थुनामा

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले

३३ वर्षिया महिला बलात्कार आरोपमा ३० वर्षिय शाही पक्राउ

कोहलपुर । बाँके प्रहरीले जबरजस्ती करणी आरोपमा एकजनालाई पक्राउ गरेको

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौँ । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी