बुटवल । बुटवलमा जारी दोस्रो मेयर कप अन्तर विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता अन्तर्गत पाँचौं दिन आज सेमिफाइनल समिकरण पूरा भएको छ ।
प्रतियोगितामा भाेली शनिबार उपाधिका लागि छात्रातर्फ गार्गी एकेडेमी र कालिका मानवज्ञान मावि भिड्ने भएका छन ।
आज भएको सेमिफाइनलमा टाइब्रेकरमा ज्ञानाेदय माविलाई ३-२ ले हराउँदै गर्गीले फाइनल यात्रा तय गरेको हो ।
त्यस्तै आजै भएको कालिका मानवज्ञान मावि र नविन औद्याेगिक माविबीचको सेमिफाइनलमा नविनलाई २-० हराउँदै कालिका फाइनलमा प्रवेश गरेको थियो ।
उता छात्र तर्फ भने सेमिफाइनलमा पराजित भएको स्कलर्स हाेम र न्यु हाेराइजनबीच उपाधि भिडन्त हुने बुटवल नगर खेलकुद विकास समिति अध्यक्ष बाेनिन पियाले जानकारी दिए ।
आजै भएको सेमिफाइनलमा स्कलर्स हाेमलाई २-० ले हराउदै फाइनलमा पुगेको सरस्वती मावि र न्यु हाेराइजनलाई ४-१ ले हराउँदै फाइनलमा पुगेको अक्सफोर्ड मावि दुबै टिमका एक/एक खेलाडी विरूद्व उजुरी परेको थियो ।
उजुरी बारे छानबिनका क्रममा सम्बन्धित विद्यालयले प्रमाण पुग्ने कागजात उपलब्ध गराउन नसकेका कारण अक्सफोर्ड र सरस्वती मावि फाइनल खेल्नबाट बन्चित भएको नगर खेलकुद विकास समितिका सदस्य शेरजंग गुरूङले बताए ।
उपाधिका लागि शनिबार दिउँसो १२ बजे बुटवलको तामनगर स्थित चारपाला खेल मैदानमा फाइनल प्रतिस्पर्धा हुने नगर खेलकुद विकास समिति प्रचारप्रसार संयोजक सुनिता गिरीले जानकारी दिइन् ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शनिबारै नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको मञ्च ब्यवस्थापन उपसमितिका सराेज सिंहले बताए ।
छात्रतर्फ विजेता विद्यालयले नगद एक लाख पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपपिजेताले नगद ६० हजार पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
छात्रातर्फ विजेताले नगद ५० हजारसहिद शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगितामा छात्रतर्फ २५ टिम र छात्रातर्फ १० टिमको सहभागिता रहेको नगर खेलकुद विकास समिति अध्यक्ष बोनिन पियाले बताए ।


















प्रतिक्रिया