२१ मंसिर २०८२, आइतबार | December 7, 2025

अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा आज नेपाल र म्यान्मार भिड्दै



काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज म्यान्मारको सामना गर्दै छ । यो खेल दशरथ रंगशालामा साँझ ६ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा नेपाल र म्यान्मार फाइनलमा पुगिसकेका छन् । नेपाल र म्यान्मारले यस अघिका आफ्ना दुवै खेलमा जित हासिल गरेर फाइनलमा आ-आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

नेपाल र म्यान्मार दुवैले लेबनान र किर्गिस्तानलाई पराजित गरेका हुन् । गोल अन्तरका आधारमा म्यान्मार अगाडी छ भने नेपाल दोस्रो स्थानमा छ ।

नेपालले लेबनान र किर्गिस्तान दुवैलाई १-० गोल अन्तरले पराजित गरेको थियो भने म्यान्मारले किर्गिस्तानलाई ५-० र लेबनानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै आज यो खेलअघि लेबनान र किर्गिस्तान अपराहन्न १ बजेदेखि खेल्दै छन् । फाइनलबाट बाहिरिएपनि दुवै सान्त्वना जितको खोजीमा आजको खेल खेल्दै छन् ।

प्रतियोगिताको फाइनल खेल बुधबार नेपाल र म्यान्मारबीच नै हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ६ : ४६ बजे

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले

एनपीएल : चार टोली च्याम्पियन बन्ने दौडमा

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लिगको च्याम्पियन

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज