३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

थप ३ जना सुरक्षाकर्मीलाई कोरोना देखिएपछि प्रचण्ड दोस्रोपटक आइसोलेसनमा



काठमाडौं । आफ्ना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सेल्फ आइसोलेसनमा बसेका छन् ।

अध्यक्ष प्रचण्ड आइतबारदेखि आइसोलेसना बसेको उनको सचिवालयले जनाएको छ । यो प्रचण्डको दोस्रो पटकको आइसोलेसन बसाई हो ।

पछिल्लो पटक प्रचण्डको सुरक्षामा खटिएको तीन जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसन अवधिभर प्रचण्डले कसैलाई पनि नभेट्ने बताइएको छ ।

दुई हप्ता अघि पनि प्रचण्डका ६ जना सुरक्षाकर्मीलाई कोरना देखिएपछि उनी र उनको परिवार आइसोलेसनमा बसेको थियो ।
सुरक्षाकर्मीलाई कोरोना देखिएपनि प्रचण्ड र परिवारका कोही पनि सदस्यहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको थियो ।

यसअघि सीसीएमसी बैठकमा चिया दिने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि पप्रधानमन्त्री रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेसनमा बसेका छन् । उनीहरु आइसोलेसनमा बसेकै कारण १३ गते बस्ने भनिएको नेकपा सचिवालय बैठकलाई भदौ १८ गते सारिएको थियो ।

सो बैठकमा नेकपाभित्रको विवाद समाधान कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डलाई बुझाएको प्रतिवेदनमाथि छलफल गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ३ : ३६ बजे

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन । यहाँको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण

लोमान्थाङको आधारभूत अस्पताल भवन प्रयोगविहीन

मुस्ताङ । माथिल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा निर्मित पाँच शय्याको आधारभूत

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा आज

ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले एलपी ग्यासको बिक्री-वितरणलाई थप

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय