१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पीसीआर परीक्षण शुल्क ४ हजार मात्र



काठमाडौं । सरकारले कोरोना परीक्षण शुल्क ४ हजार रुपैयाँ मात्र भएको प्रष्ट पारेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा. जागेश्वर गौतमले पीसीआर ल्याब भएका अस्पतालले कोरोना परीक्षण शुल्क ४ हजार रुपैयाँ मात्र लिनुपर्ने प्रष्ट पारेका हुन् ।

यसअघि ४ हजार ४ सय रुपैयाँ तोकिएको बताइएको थियो । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको निर्णय अनुसार ४ सय रुपैयाँ पीसीआर ल्याव नभएका तर स्वाब संकलन गर्ने अस्पताललाई छुट्याइएको हो ।

प्रवक्ता गौतमले भने, ‘जहाँ पीसीआर परीक्षण हुन्छ, त्यसको लागि ४ हजार रुपैयाँ तोकिएको छ । जहाँ स्याम्पल टेष्ट हुँदैन, तर स्वाव संकलन हुन्छ त्यस्तो अस्पतालमा भीटीएम र पीपीईका लागि ४०० रुपैयाँ छुट्याइएको हो ।’

आफै पीसीआर परीक्षण गर्ने ल्याब भएका अस्पतालले ४ हजार रुपैयाँ भन्दा बढी लिन नपाउने गौतमले बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७७, सोमबार  ४ : ५४ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा