१५ चैत्र २०८२, आइतबार | March 29, 2026

हरियाली उद्यान बनाउन ललितपुर महानगरले घरटहरा हटाउँदै



ललितपुर । ललितपुर महानगरपालिका–५ लगनखेलमा हरियाली उद्यान बनाउन टहरा भत्काउन थालिएको छ । न्हुँ पुखुको पूर्वपट्टि सार्वजनिक जग्गामा बनेका टहरा महानगरपालिकाले हटाउन थालेको हो ।

टहरा भत्काएर हरियाली उद्यान बनाउन लागिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । “हामीले हरियाली प्रवद्र्धन र पोखरी संरक्षणलाई जोड दिँदै आएका छौँ, सहरभित्र खुला स्थानको अभाव हुँदै गएको छ, ललितपुरको मुख्य केन्द्र लगनखेलमा रहेका सप्तपाताल पुखु, न्हूँ पुखु र पलेस्वाँ पुखुलाई संरक्षण गर्दै वरिपरिको सुन्दर वातावरण कायम राख्न उद्यानबाट मद्दत पुग्नेछ,” उनले भने ।

नमूना मच्छिन्द्र माध्यमिक विद्यालयसँगै १४ रोपनी दश आनामा रहेको सप्तपाताल पोखरी र राजदल गणसँगैको ३० रोपनीमा पलेस्वाँ पोखरी पुनःनिर्माणको चरणमा छ । टहरा भत्काइएको पश्चिमतर्फ न्हुँ पोखरी छ । यी तीन पोखरी र यहाँ बनाउन लागिएको उद्यानलाई गौरवको ठूलो परियोजनाका रुपमा बजेट विनियोजन गरेर महानगरले काम अगाडि बढाउँदै गएको छ ।

टिकाभैरव राजकुलोको पानी ल्याएर पोखरी पुनर्भरण गर्ने योजनाअनुरुप काम भइरहेको महानगर प्रमुख महर्जनले बताए । “ढोलाहिटीसम्म आइपुगेको राजकुलो पोखरीमा ल्याउन चक्रपथ सडक खन्नुपर्छ । चक्रपथ सडक खन्न सडक विभागले अनुमति दिइसकेको छ,” उनले भने ।

लगनखेलस्थित नमूना मच्छिन्द्र स्कुलले पोखरीको जग्गा लामो समयदेखि प्रयोग गर्दै आएको थियो । विसं २०७६ मा सर्वोच्च अदालतले पोखरीको पक्षमा निर्णय गरेपछि पोखरी निर्माणको काम अघि बढाउन सहज भएको थियो । लगनखेलका स्थानीयवासी तथा सप्तपाताल बचाउ अभियन्ता पूर्ण स्थापितले पोखरी अतिक्रमण रोक्न २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्नुभएको थियो । सर्वोच्च अदालतको फैसलासँगै सप्तपाताल पोखरी पुनर्निर्माणको काम सुरु भएको थियो ।

महानगरका इन्जिनियर प्रदीप पौडेलले डेढ वर्षभित्र पोखरीसहितको उद्यान निर्माण सम्पन्न हुने बताए। “पोखरी खन्ने र पोखरीको माटो परीक्षण गर्ने काम सकिएको छ, पोखरीसँगै बाल उद्यान, फल्चा बनाउने गरी डिजाइन गरेका छौँ”, उनले भने ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ३ : २४ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक