५ श्रावण २०८३, मंगलबार | July 21, 2026

दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको निजी विद्यालयतर्फको उपाधि एभरेष्ट बोर्डिङलाई 



बुटवल । बुटवल उपमहानगरको आयोजनामा भएको दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा संस्थागत तर्फ एभरेष्ट ईंगलिस बोर्डिङ स्कुल  विजेता बनेको छ । उक्त विद्यालयले उपाधिसँगै  ७५ हजार नगद राशी पुरस्कार हात पारेको छ ।

विजेता एभरेष्टका विद्यार्थीले कौडा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी तिनाउ ईंगलिस बोर्डिङ स्कुल उपविजेता बन्दै नगद ५० हजार पुस्कार हात पारेको छ । उक्त विद्यालयले झ्याउरे गीतमा नृत्य प्रस्तुत गरेको थियो । यसैगरी थारु समुदायको मयुर तथा लाठी नाच प्रस्तुत गरेको स्कलर्स होम बोर्डिङ सेकेन्डरी स्कुल तृतीय हुँदै नगद ३५ हजार पुरस्कार हात पारेको कार्यक्रम संयोजक बुटवल उपमहानरका सामाजिक बिकास महाशाखा प्रमुख दामोदर ज्ञवालीले जानकारी दिए । यसैगरी इन्टलेक्च्युअल एकेडेमीले झ्याउरे नाच तथा  एक्स आर्मी बोर्डिङ सेकेन्डरी स्कुलले झझेरीया डफ नाच प्रस्तुत गर्दै सान्त्वना बन्न सफल भएका छन् । उनीहरुलाई समान २५ हजार नगद राशी प्रदान गरिएको छ ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीय कला सँस्कृति र परम्परागत पहिचानको संरक्षणका लागि प्रतियोगिता गरिएको उल्लेख गरे । उपमहानले लोक सँस्कृति, धर्म तथा जातीय परम्पराहरुको संरक्षणका लागि विद्यालय स्तरबाटै अभियान बढाउनु पर्ने उद्देश्यकासाथ कार्यक्रम गरिएको बताए । भाषा सँस्कृतिको संरक्षणका लागि उपमहानगरले विभिन्न ४ वटा मातृ भाषामा नागरिक वडापत्र समेत प्रकाशन गरेको बताउँदै प्रमुख पाण्डेयले अन्य भाषा र जातिलाई समेत समेट्दै जाने बताए ।

उपप्रमुख सावित्रा अर्यालले सैद्धान्तिक मात्र नभई व्यवहारिक प्रयोगबाटै नयाँ पुस्तामा परम्परा हस्तान्तरणका लागि प्रतियोगिता फलदायी हुने अपेक्षा गरिन् । प्रतियोगिता अन्तरगत सोमबार संस्थागत तर्फका २६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । आइतबार २८ वटा सामुदायिक विद्यालयहरु बीच प्रतियोगिता भएको थियो । संस्थागततर्फ कान्ति मावि “ख” विजेता बनेको थियो । यसैगरी सिद्देश्वर लालकुमारी मावि दोस्रो, नवीन औद्योगिक कदरबहादुर रिता मावि “ख” समुह तृतीय तथा भवानी मावि र नवीन औद्योगिक कदरबहादुर रिता मावि “क” समुहले सान्त्वना स्थान हासिल गरेका थिए ।

प्रतियोगितामा कलाकारहरु दुर्गा रायमाझी, डिल्लीनारायण पाण्डे र कृष्ण रेउले निर्णायकको भूमिकामा रहेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ५ : २७ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत