१६ असार २०८३, मंगलबार | June 30, 2026

हिसानको बक्तृत्वकलामा एभरेष्ट र हाजिरीजवाफमा अक्सफोर्ड प्रथम



बुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान ) रुपन्देहीको आयोजनामा जिल्ला स्तरिय हाजिरिजवाफ तथा बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । शंकरपुरस्थित प्याब्सन रुपन्देहीको कार्यालयमा भएको हाजिरीजवाफ प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुल प्रथम, न्यु होराईजन बोर्डिङ स्कुल द्धितिय, एभरेष्ट बोर्डिङ स्कुल तृतिय र तिलोत्तमा चौथो भएको छ । हाजिरीजवाफ १५ वटा विद्यालयका विद्यार्थीहरु सहभागी रहेका प्रतियोगितामा क्युज मास्टर दिनेश न्यौपाने रहेको हिसानका सदस्य लक्ष्मण अर्यालले बताए ।

यसैगरि न्यू ईन्भाईरोमेन्ट ईगलिस बोर्डिङ स्कुलमा सम्पन्न बकृत्वकला प्रतियोगितामा एभरेष्ट बोर्डिङ स्कुलकी नेहारिका ज्ञवाली प्रथम भईन । प्यारामाउण्ट ईगलिस बोर्डिङ स्कुलकी एलिना पाण्डे द्धितिय, जिबिएसकी समृद्धि पाण्डे तृतिय भईन । स्कलर्स होम इगलिस बोर्डिङ स्कुलकी अदिना फिरदोसा सान्त्वना भईन । ‘शिक्षा र रोजगारको नाममा वैदेशिक पलायन र ब्यवस्थापन’ विषयमा जिल्लास्तरिय अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिताको निर्णायक प्रो डा हिरण्य ज्ञवाली र साहित्यकार डिल्लिप्रसाद भट्टराई रहेका थिए । बक्तृत्वकला प्रतियोगितामा १७ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिताका संयोजक मधु ज्ञवालीले बताए ।

एक समारोहका बिच हिसानका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्यायले प्रतियोगिताको उद्घाटन गर्दै बालबालिकाहरु बिचमा प्रतिस्प्रर्धा गराई प्रतिभा प्रस्फुटन गर्ने महत्वपूर्ण काममा हिसान विगत देखी नै अग्रसर रहेको बताए । आगामी दिनहरुमा समेत विद्यार्थीहरुलाई प्लेटफर्म दिने गरि थप रचनात्मक कार्यक्रमरु ल्याउन उनले सुझाव दिए ।

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले वार्षिक कार्यक्रम अन्तरगत विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने गरि प्रतियोगितात्मक कार्यक्रम गरिएको बताए । शिक्षक, विद्यार्थीहरु बिचमा भातृत्व र क्षमता विकास हुने रचनात्मक विविध कार्यक्रमहरुलाई जोड दिदै आएको उनको दाबी छ ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष लोकनाथ उपाध्याय, केन्द्रिय सदस्य कृष्ण पौडेल, जिल्ला उपाध्यक्ष मधुप्रकाश ज्ञवालीले विजेता, उपविजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका छन ।

यसैबिच हिसान रुपन्देहीको मंगलबार हुने साधारण सभा तथा अधिवेसनको तयारी पुरा भएको हिसानका सचिव बाबुराम बन्जाडेले बताए । प्याब्सन कार्यालय शंकरपुरमा हुने कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालद्धारा औपचारिक कार्यक्रम उद्घाटन हुने उनले बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : ११ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी