२० आश्विन २०८३, मंगलबार | October 6, 2026

बुटवलमा सर्वाधिक धनराशीको स्नुकर प्रतियोगिता सुरु



बुटवल । बुटवलमा सोमबारदेखि सर्वाधिक पुरस्कार राशीको राष्ट्रियस्तरको स्नुकर प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गरे ।

सोही अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले शिक्षा,स्वास्थ्यका साथै बुटवललाई खेलकुदको हबको रूपमा विकास गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले खेलकुदको क्षेत्रमा करोडौं रकम लगानी गरेको बताए ।

राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन हुँदा देशभरबाट युवाहरूको सहभागीता हुने भएकोले खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विस्वास ब्यक्त गरे । खेलकुदमा लगानी गर्नु भनेको युवाहरूमा लगानी गर्नु हो भन्दै उनले खेलकुद प्रतियोगिताको माध्यमबाट युवाहरूको मनोभावना बुझ्न सकिने उल्लेख गरे ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघका केन्द्रीय अध्यक्ष सरोजकुमार मुल्मीले सर्वाधिक पुरस्कार राशिको स्नुकर प्रतियोगिता खेलकुदको महाकुम्भ भएको बताए । नेपालमा अहिलेसम्म भएका स्नुकर प्रतियोगिता मध्ये यो प्रतियोगिताको पुरस्कार राशि सर्वाधिक रहेको भन्दै अध्यक्ष मुल्मीले यस खेलको महत्त्व बढाउने काम गरेको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताले स्नुकर खेलको महत्त्वलाई अझै बढाएको बताए । स्नुकर खेलमा महिला खेलाडीहरूलाई पनि सहभागी गराउन जरुरी रहेको बताउदै उनले त्यसका लागि महिलाहरूलाई पहिले तालिमको ब्यवस्था गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बिगतमा यो खेललाई समाज र प्रहरी प्रशासनले राम्रो नजरले नहेर्ने गरेको स्मरण गर्दै पछिल्लो समय यो खेल प्रति सकारात्मक रूपमा लिन थालिएको बताए ।

नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रूपन्देहीका अध्यक्ष सुजन पुनले प्रतियोगितामा देशभरका १२८ जना खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । बुटवलको सिंह कम्प्लेक्सस्थित खस्यौली स्नुकर क्लबमा सञ्चालित प्रतियोगितामा रुपन्देही, काठमाडौं, पोखरा, धरान, ललिलतपुर, भक्तपुर, नारायणगढ, हेटौंडा, इटहरी, बिर्तामोड, बनेपा, परासी, तौलिहवा लगायत देशका प्रमुख शहर र जिल्लाबाट खेलाडी सहभागी भएको पुनले बताए । प्रतियोगिता फागुन २१ गतेसम्म चल्ने छ ।

प्रतियोगिताको विजेता खेलाडीले ३ लाख ३ हजार, उपविजेताले १ लाख १ हजार रुपैया र हाइएस्ट ब्रेकरले ५५ हजार रुपैया नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष पुनले बताए । सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद ३०–३० हजार रुपैया, राईजिङ स्टार र अनुशासित खेलाडीलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने खेल संयोजक शिशिर गुरुङले बताए । महासचिव प्रकाश क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ६ : २१ बजे

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको पार्टीको १५औँ महाधिवेशन अन्तरर्गतको निर्वाचनका लागि

शिक्षा पत्रकार समूहको अध्यक्षमा जनक नेपाल चयन

काठमाडौँ । शिक्षा पत्रकार समूहको १३औँ अधिवेशनबाट पत्रकार जनक नेपालको

दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम

काठमाडौं । यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते

सर्वोच्चमा नियुक्तिका लागि चार न्यायाधीश सिफारिस, वरिष्ठतम् न्यायाधीश मल्लको असहमति

काठमाडौं । न्याय परिषद्को मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका लागि

गगन थापाद्वारा पुनः सभापतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा