७ आश्विन २०८३, बुधबार | September 23, 2026

थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन



काठमाडौँ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री थानिन क्राइभिचियनको ९७ वर्षको उमेरमा निधन भएको छ ।  उनको परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै उनको निधनको जानकारी दिएको हो ।

सन् १९७६ मा राजा भूमिबोल अदुल्यादेजले थानिनलाई थाइल्याण्डको १४औं प्रधानमन्त्री नियुक्त गरेका थिए । प्रधानमन्त्री पद त्यागेपछि, थानिनलाई राजाको सल्लाहकार परिषद्मा नियुक्त गरिएको थियो, जहाँ उनले लगभग चालीस वर्ष सेवा गरेका थिए ।

१९७० को दशकमा क्रिभिचियान कट्टर कम्युनिस्ट विरोधी नेताको रूपमा चिनिएका थिए । सन् १९७६ मा भएको सैन्य विद्रोहपछि उनले देशको प्रधानमन्त्रीको पद ग्रहण गरे । यद्यपि, एक वर्ष पछि दोस्रो पटक भएको कूमा उनलाई पदच्युत गरिएको थियो ।

प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राले सामाजिक सञ्जाल पोस्ट मार्फत थानिनको मृत्युमा समवेदना व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : ५५ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि