२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नीजि शिक्षालयहरुलाई अवसरसंगै चुनौती छन : हिसान अध्यक्ष सिलवाल



बुटवल । देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गरेका छन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औं वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सिलवालले मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु रहेको भन्दै यसलाई अवसरका रुपमा पनि लिन सकिने बताए ।

जनसंख्या कम हुदा अभिभावक राम्रो शिक्षा दिन चाहने र त्यसमा नीजि शिक्षालयहरुलाई अवसर बन्ने उनले बताए । नेपाल पहिला भन्ने भावना हरेकबाट शुरु गर्नुपर्ने उनले बताए । ‘नेपालमा केहि छैन भन्ने भाष्य चिर्न जरुरी छ ।’-उनले भने । सामाजिक संजालहरुमा केहि समुह नै नकारात्मक विषय बिक्ने नाममा निरन्तर प्रचारमा लागेको भन्दै उनले यो गलत भएको बताए । सामाजिक संजाल त समुदायका राम्रो विषयलाई ल्याउनुपर्ने उनले सुझाव दिए । नेपालको शैक्षिक अवस्थामा अवसर र चुनौतीहरु रहेको उनले बताए । शैक्षिक विकाससंगै देशका हरेक क्षेत्रमा विकास भएको उदाहरण दिदै उनले देशका शासकहरुको सोचमा परिवर्तन आउन नसकेको दाबी गरे । ‘राम्रा र ठुलो विद्यालय कसरी निर्माण गर्ने भन्ने मुख्य चुनौती छ ।’-उनले भने ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख रमाकान्त तिवारीले हिसानबाट हरेक शैक्षिक गतिविधिमा सहयोग मिलेको स्मरण गर्दै संस्थागत रुपमा नङमासुको आत्मिय सम्बन्ध रहेको बताए । हिसानबाट कठिन समयमा निजि सम्पति लगाएर गुणस्तरिय शिक्षा दिएर विदेश जाने युवा रोक्न निरन्तर लागेको उनले बताए ।

हिसान र प्याब्सनको आआफ्नो भुमिका रहेको भन्दै शैक्षिक र संस्थागत विकास र संगठनको विकासमा एकतावद्घ भएर जानुपर्ने सुझाव दिए । शैक्षिक गुणस्तरलाई ध्यान दिनुपर्ने बेला आएको उनले बताए । शिक्षालाई सिप, संस्कार, ब्यवहारिक रुपमा लागुहुने गरि जोड्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा हिसान नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष युवराज शर्माले नेपालमा शैक्षिक संस्थाहरुको हकहितमा लाग्न सुझाव दिए । बागमतिका केही विश्वविधालयहरु निति बनाउने काममा लागेको उनले बताउदै यो आजको आवश्यकता भएको बताए ।पाठ्यक्रम निर्माण गर्न सक्ने, पुर्वाधार विकास गर्न सक्ने विश्वविधालयबाट आवश्यक पहलमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुषालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हिसानबाट वर्षभरि गरेको कामबारे प्रकाश पारे । कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनीका अध्यक्ष लालहरि पाण्डे, हिसान रुपन्देहीका सचिव बाबुराम बन्जाडेले गुणस्तरिय शिक्षामा नीजि शिक्षालयहरुको योगदान र चुनौती बारे बताए ।

कार्यक्रममा हिसान रुपन्देहीका सल्लाहकार अनन्तराज शर्मा, टुक बहादुरक्षेत्री, दामोदर शर्मा, प्रो रामचन्द्र आचार्य, लोकनाथ उपाध्यायसहित सिगो जिल्ला कार्यसमितिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : १० बजे

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय

भोलि नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरिय एकता

मानवअधिकारको पूर्ण कार्यान्वयन आजको सबैभन्दा ठूलो चुनौती : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोवक पुष्पकमल दाहाल प्रचण्डले मानव

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ