२० मंसिर २०८२, शनिबार | December 7, 2025

आन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल



काठमाडौं  । नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना बनाउन कार्यदल गठन गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेकपा समाजवादीको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव भुसालका साथै मेटमणि चौधरी, रामकुमार भट्टराई, शेर बहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री रहेका छन् । कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्ययोजना बनाउन जिम्मेवारी दिइएको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्तावेज, संगठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसाललको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : २० बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल