१६ बैशाख २०८३, बुधबार | April 30, 2026

जिमेलको टू स्टेप भेरिफिकेसन अब क्यूआरबाट



काठमाडौँ । अब जिमेल लगइनमा दुई-चरणको प्रमाणिकरण (टू स्टेप भेरिफिकेसन) क्यूआर कोड मार्फत हुने भएको छ । गुगलले ६ अंकको एसएमएसको सट्टा क्यूआर कोड स्क्यान गरेर प्रमाणीकरणको विकल्प ल्याउने तयारी गरेको मिडिया रिपोर्टमा उल्लेख छ । जीमेल मार्फत हुने साइबर ठगी रोक्न गुगलले यो निर्णय गरेको हो ।

साइबर ठगी र नक्कली खाताहरू सिर्जना हुनबाट रोक्नको लागि, गुगलले दुई–चरण प्रमाणीकरणको विकल्प सुरु गरेको थियो, जसमा मोबाइल नम्बरमा ६ अङ्कको कोड एसएमएस मार्फत मोबाइलमा आउँछ र त्यस मार्फत प्रमाणीकरण गरिन्छ । तर साइबर अपराधीहरूले यसमार्फत फोन ह्याकिङ, सिम स्वापिङ र फिसिङ जस्ता घोटाला पनि गरिरहेपछि नयाँ विकल्पको रुपमा क्यूआर कोडको प्रयोग गर्न लागिएको हो ।

गुगलको यो निर्णयको पछाडि ट्राफिक पम्पिङ वा टोल ठगी पनि कारण हो । यस ठगीमा, साइबर अपराधीहरूले मानिसहरूको टेलिफोन वा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल प्रणालीहरू प्रयोग गर्छन् र उनीहरूलाई अनावश्यक र अवैध टोल शुल्क वा अन्य शुल्क तिर्न बाध्य पार्छन्। यसमा अपराधीहरूले हरेक सन्देशको लागि पैसा पाउँछन् ।

जीमेलका प्रवक्ता रस रिचेन्डरफरले एसएमएस कोडहरूले प्रयोगकर्ताहरूका लागि जोखिम निम्त्याउने बताए । कम्पनीले सुरक्षालाई अझ सुदृढ पार्न र ह्याकर आक्रमणहरू रोक्न र कम गर्न काम गरिरहेको बताएको छ । क्यूआर प्रमाणीकरण मार्फत जीमेल खाताहरू पहिलेभन्दा बढी सुरक्षित हुने कम्पनिको दाबि छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहिबार  ९ : ०७ बजे

सबैभन्दा बढी प्यूठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौँ । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भू–भाग

‘सार्वजनिक सेवा प्रभावकारी बनाउन र सुशासन प्रदान गर्न अध्यादेश’

काठमाडौँ । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी

पोखरा स्पोर्ट्स अवार्ड : नौ विधामा अवार्ड प्रदान गरिँदै

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख

सबै सार्वजनिक जग्गामा बनाइएका घरटहरा खाली गर्न काठमाडौं प्रशासनको आदेश

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका

लुम्बिनी प्रदेश सरकारका २ मन्त्री सहित ७ जना प्रदेशसभा सदस्यहरुसँग कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा आफ्नै उम्मेदवारलाई अन्तरघात