३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

कोरोनाको कारण विदेश जान नपाएपछि गाउँमै स्वरोजगार बन्दै



इलाम । नेपालमा बैदेशिक रोजगारी नै आम्दानीको लागि मुख्य बाटो भएको ठानेर बिदेश जान लाइन लाग्ने युवा जमात बढ्दै गइरहेको छ ।

केही गरे गाउँघरमै स्वरोजगार बन्न सकिन्छ भनेर नसोचि बिदेश जान मरिहत्ते गर्ने युवा एकपटक बिदेश पुगेर आएपनि पुन बिदेशिने नै गर्दछन् । बिदेश नगइकन घरमै बसेर पनि व्यसायिक बन्दै पैसा कमाउन सकिन्छ भन्ने नसोचि विदेशिने प्रचलनले पनि देशका धेरै युवा विदेशिने गर्दछन् । गाउँमा हरेक घरका एक न एक युवाहरू पैसा कमाउन विदेशमा परिश्रम गरिरहेका छन् ।

अहिले पनि धेरै युवा कोरोना संक्रमण नियन्त्रण हुने बित्तिकै वैदेशिक रोजगारिमा जाने तयारीमा नै छन् । तर इलाम जिल्लाका केही युवाभने कोरोना संक्रमणको कारण चैत्र ११ गतेदेखि लकडाउन भएसँगै विदेश जान नपाएपछि सिप सिकेर घरमै बसि बसि आम्दानी गरिरहेका छन् ।

जिल्लाको माइजोगमाई गाउँपालिका वडा नम्बर ६ प्याङका सुदिप थेवे र दिपेश थेवे पटक पटक ब्रिटिस आर्मी (बेलायती सेना) को लागि प्रयास गर्दा पनि पटक पटक असफल बने । ब्रिटिस आर्मी सफल हुन नसकेपछि उनिहरु वैदेशिक रोजगारिमा जाने सोचमा पुगे । सुदिपको त ओमनको लागि भिसा पनि लागिसकेको थियो ।

दिपेशको पनि खाडी मुलुकबाट भिसा आउने तयारी हुँदै गर्दा विश्व महामारी कोरोनाले विदेशी मुलुकहरु आक्रान्त बनाएको थियो । यहि बेला नेपालमा पनि चैत्र ११ बाट लकडाउन सुरु भयो । लकडाउन शुरु भएसँगैे उनिहरुको विदेश जाने पनि बन्द भयो । विदेश जान पनि पाएनन र गाउँघरमा काम पनि खासै थिएन ।

यसरी लकडाउनको कारण घुमफिर गर्न पनि बन्देज भएकोले यो खाली समयलाई कसरी सदुपयोग गर्ने भन्ने धेरै सोचामा पुगे । यहि सोचाइले युट्युवमा हेरेर बाँसबाट बन्ने सरसामानहरु र बनाउने तरिका सिके । पटक पटक युट्युवमा हेरेर गर्न सकिन्छ कि भनेर गाँउघरमा भएको बाँसलाई सदुपयोग गर्न युट्युवमा जस्तै बनाउन सुरु गर्दै गए ।

एक दुईपटक त बिग्रियो तर पनि उनिहरुले बनाउन छाडेनन् । घरमै बसेर बनाएको सामग्रीको बनावटबाट खुशी भएर माईजोगमाई गापामा पर्ने प्याङको पञ्चमी बजारमा महिनाको १ हजारमा कोठा भाडा लिएर व्यवसाहिक रुपमा काम गर्न थाले ।

गाउँघरमा भएकोे मलिबाँस बटुलेर कुर्सी, टेबल, लुगा राख्ने ¥याक आदि बनाउन थाले । सुरुमा धेरैले नपत्याएको तर बनाएर बेच्न थालेपछि सबैले विश्वास गर्न थाले ।

उनीहरुले बनाएको सामानहरुको बजार खोज्नै नपरेको उनीहरु बताउँछन् । सूदिप भन्छन्, ‘ग्राहकहरु आफूलाई चाहिएको सामान लिन आफैं आउँछ्न् ।

गाउँमा नै एउटा कुर्सी १५ सय, टेवल ३ देखि ५ हजार, लुगा राख्ने ¥याक २ हजार रुपैयाँसम्ममा बनाएर बेच्ने गरेका छौँ ।’ अहिले ग्राहकको माग अनुसार बाँस बाट बन्ने जस्तो सुकै सामाग्री पनि बनाउन सक्ने उनीहरु बताउँछन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ५५ बजे

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा

युवाले सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा

अदालतको निर्णयले पार्टी टुक्रियो, अब एकता नै विकल्प : शशांक कोइराला

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस

लुम्बिनी प्रदेशको बजेट भोलि प्रस्तुत हुँदै, कृषि, रोजगारी र पूर्वाधारमा जोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर, सयभन्दा बढी लाभान्वित

काठमाडौं । नेपालस्थित पाकिस्तान दूतावास र पाकिस्तान नेपाल एलुम्नाइ नेटवर्क