३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

बौद्ध सर्किट प्रवर्द्धन गर्न ‘बुद्ध ज्ञान साइकलयात्रा’



भैरहवा । गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित बौद्ध सर्किटहरूको प्रवर्द्धन गर्ने उद्देश्यले भैरहवाबाट दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरू गरिएको छ । साइकल सिटीको आयोजनामा सुरू भएको यो यात्रा दोस्रो संस्करण हो ।

एक सय १५ जना साइकल चालकसहित भैरहवाको बुद्धचोकबाट सुरू भएको यो यात्रा पहिलो दिन शुक्रबार रोहिणी नदी हुँदै नवलपरासीको रामग्राम, पण्डितपुर, रूपन्देहीको भवानीपुर, जितगढी किल्ला हुदै पुनः भैरहवा आइपुग्ने छ । दोस्रो दिन शनिबार भैरहवाबाट नै यात्रा सुरू गरी टिकुलीगढ, शुद्धोधन हुँदै कपिलवस्तुको जितपुरबाट जगदीशपुर ताल, तिलौराकोट, गोटिहवा, कुदान, तौलिहवा हुदै लुम्बिनी पुगि समापन हुनेछ ।

साइकलयात्रामा विश्व साइकलयात्री पुष्कर शाहसँगै भारत र बेल्जियमका साइकल चालकसँगै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साइकलयात्री सहभागी रहेको भैरहवास्थित साइकल सिटीका अध्यक्ष सूर्यकुमार सारूमगरले जानकारी दिए । यात्रामा भारत देहरादूनका बृद्ध साइक्लिष्ट दम्पतीसमेत सहभागी भएको उनले बताए । सहभागीमध्ये देहरादूनका ७५ वर्षीय कमलजित धिमान र ७२ वर्षीय विष्हु धिमान दम्पती छन् । यसबाहेक यात्रामा आठ वर्षीय क्रिष्टोफर श्रेष्ठ, १२ वर्षीय अस्विनी खरेल पनि सहभागी छन् ।

बहत्तर वर्षीय साइकलयात्राी विष्हु धिमानले आफू दोस्रोपटक भैरहवाबाट सुरू हुने यो यात्रामा सहभागी भएको बताए । “गत वर्ष आउँदा नेपालमा हाम्रो गजबको स्वागत भयो, नेपाललाई भगवान्ले नै सुन्दर बनाउनुभएको छ र मलाई लाग्छ कि पर्यटनका लागि साइकल यहाँ उचित साधन हुनसक्छ”, उनले भने, “नेपाल साइकल चालकहरूका लागि सर्वोत्कृष्ट गन्तव्य हो किनकि यहाँ प्रकृतिको विविधता छ ।”

गत वर्ष राम्रो अनुभव भएको कारण यस वर्ष देहरादूनका अन्य साइकलयात्रीसँगै सहभागी भएको उनको भनाइ छ । यात्राले बौद्ध सर्किटसँग जोडिएका क्षेत्रमात्र नभए प्रचारमा आउन नसकेका रोहिणी खोला, पाकडी वृक्ष, जितगढी किल्लालगायत अन्य बौद्धकालीन सम्पदाको प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

यात्रामा सहभागी विश्व साइकलयात्री पुष्कर शाहले यो साइललयात्राले बौद्धकालीन समयमा रहेका बुद्धका जन्म, मावली ससुरालीलगायत बुद्ध हिँडनु भएको पाइलापछ्याउँदै साइकलयात्री पनि हिँडने बताए । उनले भने, “यसले देश तथा विदेशमा साइकलयात्रामार्फत पनि बुद्धको बाटोमा हिँड्न सकिन्छ भन्ने सन्देश संसारभरि फैलाउन सहयोग गर्नेछ ।”

भैरहवाको बुद्धचोकबाट सुरू भएको बुद्ध ज्ञान साइकल यात्रालाई उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कृष्णकुमार शर्मा, सिद्धार्थ उद्योग बाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले ‘फ्ल्याग अफ’ गरि सुरू गरेका थिए ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार  ८ : ५० बजे

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा