१३ फाल्गुन २०८२, बुधबार | February 26, 2026

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह



काठमाडौं । कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्ने कार्यमा सहयोगका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन् ।

नेपालका लागि जापानी राजदूत राजदूत तोरु मायदासँगको हालै भएको भेटका क्रममा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्टिकृत अस्पताल भए पनि पर्याप्त पूर्वाधार नभएकाले विकास गर्ने सरकारको योजनामा साथ दिन जापान सरकारसँग आग्रह गरेका हुन् ।

भेटका क्रममा मन्त्री पौडेलले मन्त्रालयले घोषणा गरेको एक्सरे फिल्म प्रयोग निरुत्साहित गरेर डिजिटल वितरण योजनामा समेत जापान सरकारबाट साथ अपेक्षा गरेको बताएका थिए ।

त्यसक्रममा राजदूत मायदाले अस्पताललाई सघाउन सकारात्मक रहेको बताए । राजदूत मायदाले जापान र नेपालबीच लामो सहयोग सहकार्य रहेको भन्दै मन्त्रालयका अनुरोधका पक्षमा सकारात्मक रहेको बताएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले कान्ति बाल अस्पतालको क्षमता विस्तार गरेर बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना सार्वजनिक गरेका थिए । त्यसलाई सफल पार्न विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भैरहेको छ । यसैक्रममा जापान सरकारसँग सहकार्यको विकल्पबारे खोजी भएको मन्त्री पौडेलको सचिवालयले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार  ५ : २९ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला