२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

बारा र पर्सामा थपिए २० नयाँ संक्रमित



वीरगन्ज । पर्सा र बारा जिल्लामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १८ जना पर्सा र २ जना बाराका रहेका छन् ।

४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित मध्ये बारा र पर्साका एक एक जना पुरुषमा जीन एक्पर्ट विधिबाट परीक्षण गरिएको थियो ।

यससँगै पर्सा जिल्लामा मात्रै कोरोना संक्रमितको संख्या ३ हजार नाघेको छ । हालसम्म पर्सामा ७ सय ५ जना कोरोनासंक्रमित निको भएर घर फर्किएका छन् । ३८ जनाको मृत्यु भैसकेको छ ।

वीरगन्जस्थित अस्थायी कोभिड अस्पतालहरुमा १ सय ६ जना संक्रमितको उपचार जारी छ । जसमध्ये २७ जना आइसियूमा छन् । १ हजार १ जना होम आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १६ भाद्र २०७७, मंगलबार  ९ : १८ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ