२९ मंसिर २०८२, सोमबार | December 15, 2025

चितवनमा फेरि अर्का कोरोना संक्रमितको मृत्यु



चितवन । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या निरन्तर बढिरहेको छ । चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौडौं उपमहानगरपालिका वडा नं. १५ निवासी ५८ वर्षीय पुरुष रहेको चितवन मेडिकल कलेजले जनाएका छ ।

कडा निमोनिया भई भदौ १४ गते भर्ना भएका ती पुरुषको १५ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

श्वासप्रश्वासमा जटिलता उत्पन्न भएपछि भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दा मंगलबार बिहान २ बजेर ५२ मिनेटमा उनको निधन भएको निर्देशक डा. लम्सालले उल्लेख गरेका छन् ।

यसअघि सोमबार मात्रै चितवनमा थप चार जनाको मृत्यु भएको थियो ।

चितवनमा संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना पुगेका छन् । मकवानपुरका ४ जना, गोरखा, पूर्वी नवलपरासी र बाराका १/१ जना रहेका छन् ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ९ : ५० बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ