११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते



मनहरी  । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्युभएको छ भने एक जना घाइते भएका छन् ।

आज मनहरी-७ मनहरी पुलमा हेटौँडातर्फ आउँदै गरेको ना १६ प ३१८१ नंको मोटरसाइकललाई सोही दिशातर्फ आउँदै गरेको ना ६ ख ४०५५ नंको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चितवन रत्ननगर-१६ पिठुवाका ५६ वर्षीय नीमबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको छ भने सोही ठाउँका मोटरसाइकल चालक ५५ वर्षीय रामजी गौतम घाइते भएका छन् ।

टाउकोमा गम्भीर चोट लागेका थापाको मनहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गौतमलाई भने थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग र घटनामा सङ्लग्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरअगाडि पूर्वपश्चिम राजमार्ग करिब एक घण्टा अवरुद्ध गरेका थिए । माग सम्बोधन हुने आश्वासनपछि सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ४६ बजे

निजामती विधेयकको मस्यौदा : दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती

काठमाडौँ । सरकारले सङ्घीय निजामती सेवा विधेयकको मस्यौदाका सम्बन्धमा सुझाव

तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरोले तत्कालीन किष्ट बैङ्क घोटाला प्रकरणमा

सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र उपकरणहरूले मात्र

दोस्रो लखन कप फुटबल : उद्घाटन खेलमा शिवनगरको शानदार जित

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिता २०८३ को

राप्रपा नेता विक्रम पाण्डे पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा पूर्वमन्त्री विक्रम