२९ चैत्र २०८२, आइतबार | April 12, 2026

लोडसेडिङ अन्त्यमा कुलमानको कुनै भूमिका छैन : उर्जामन्त्री खड्का



काठमाडौं। उर्जा, जलस्रोत र सिचाईमन्त्री दिपक खड्काले कुलमान घिसिङले कानुन नमान्ने गरेको र मन्त्रालयको निर्देशन तथा बारम्बारको पत्राचारलाई समेत नटेर्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभामा आज विशेष समयमा मन्त्री खड्काले संसदमा कुलमानको विषयमा उठेका प्रश्नको जवाफ दिदै कुलमान कानुन भन्दा माथि नरहेको बताएका हुन् ।

उनले कुलमानले लोडसेडिङ अन्त्यको श्रेय लिएको भन्दै यसको श्रेय भारतलाई दिनुपर्ने समेत बताए । मन्त्री खड्काले भारतसँग विद्युत बिक्रीको सम्झौतामा पनि कुलमानको कुनै भूमिका नरहेको बताए ।

मन्त्री खड्काले कुलमानको कार्यसम्पादन मुल्यांकनमा शुन्य अंक दिइएको विषयमा जानकारी दिदै नियुक्ति गर्दा नै हरेक वर्ष कार्यसम्पादन मूल्यांकन गर्ने, त्यसका आधारमा पुरष्कृत गर्ने कि निष्कासन गर्ने भन्ने उल्लेख भएको स्पष्ट गरे ।

उनले भदौ मसान्तभित्र कार्यसम्पादन मूल्यांकन गर्नुपर्ने व्यवस्था रहेको भएपनि कुलमानले समयमा नबुझाएको बताए ।

उनले भने, ‘एकैचोटि पुसमा ल्याएर आफैँ नम्बर दिएर ९९.७८ आएको छ भनेर मन्त्रालयलाई दिनुभयो।’,  खड्काले कानुनको पालना नगरेकाले उनलाई शून्य दिइएको बताए । साथै मन्त्री खड्काले, ‘उहाँलाई कानुन लाग्दैन भनेर संविधानमा नै लेख्नूभनी सांसदहरुलाई कटाक्ष समेत गरेका थिए । खड्काले भने, ‘कि मलाई भनिदिनुपर्यो माननीयज्यूहरूले, कि उहाँ कानुनभन्दा माथि हुनुहुन्छ । उहाँलाई कानुन लाग्दैन । संविधानमा लेखिदिनुपर्‍यो ।’

साथै मन्त्री खड्काले आफुलाई नटेरेको बताउदै भने, ‘उहाँ उपस्थित नै हुनुभएन, टेर्दै टेर्नुभएन । चिन्दै चिन्नुभएन ।’

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ३ : ३३ बजे

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको