९ कार्तिक २०८३, सोमबार | October 26, 2026

सन्दीप पिएम कप नखेल्ने, पृथु बने बागमतीको कप्तान



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर स्पीनर सन्दीप लामिछानेले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट नखेल्ने भएका छन् । बागमती प्रदेशबाट घरेलु क्रिकेट क्रिकेट खेल्दै आएका सन्दीपले यसपटक निजी कारणले पिएम कप नखेल्ने भएका हुन् ।

फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा बागमतीसहित सात प्रदेश र तीन विभागीय टिम सहभागी हुनेछन् । पीएम कपको लागि बागमतीका लागि बिहीबार पृथु बास्कोटाको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरिएको छ । जसमा सन्दीप समावेश छैनन् ।

बागमतीको टिममा पृथु बास्कोटा (कप्तान), रिजन ढकाल, नन्दन यादव, प्रतिश जिसी, सूर्य तामाङ, रित गौतम, सुमन सुनार, गौतम केसी, विपिन आचार्य, शौरभ शखाकर्मी, आशुतोष घिरैया, शुभ कसांकार, इशान पाण्डे, सोनु देवकोटा र विवेक राना मगर रहेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : ५६ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को