७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

जङ्गल र गोठ गरेर दैनिकी चलाउँदै ८० वर्षीय लिलबहादुर



म्याग्दी । उमेरले आठ दशकमा लागेका म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनाका लिलबहादुुर पुनको दैनिकी बाख्रासँगै जङ्गल र गोठ गरेर बित्ने गरेको छ । असी वर्षीय लिलबहादुरको बाल्य र युवा अवस्था पनि भेडाबाख्रासँगै घुम्ति गोठ लिएर लेक बेशी गरेरै बितेको थियो ।

“बुवा आमाले भनेअनुसार मेरो जन्मपनि गोठमै भएको थियो, जीवन पनि गोठमै बित्यो,” उनले भने “बाबु बाजेका पालादेखि गर्दै आएको भेडाबाख्रा पाल्ने पेशालाई मैलेसम्म धानेको छु ।” गत कात्तिकमा ढोरपाटनको बुकीबाट मुनाको झारवाङमा गोठ झारेका लिलबहादुरले हिउँद त्यही बिताए ।

दुई सयभन्दा बढी घरपरिवारको बसोबास रहेको मुना गाउँमा अहिले लिलबहादुरले मात्रै घुम्ति गोठमा बाख्रा पालेका छन । आठ दश वर्षअघिसम्म ४०/५० बाख्रा नहुने घर थिएन् । चार÷पाँच घर मिलेर एक जना गोठाला राखेर चरन क्षेत्रमा गोठ लैजाने चलन थियो ।

पाँच वर्षअघिसम्म एक हजार भेडाबाख्रा पालेका लीलबहादुरले अहिले भेडा सबै बेचिसके । स्थानीय खरि जातका एक सय बाख्रालाई दुई वर्षअघि रु छ लाखमा बेचेका लीलबहादुर हाल भएका बाखा बेच्नका लागि पनि ग्राहक खोजेपनि पाएका छैनन ।

“गाउँका सबै बाख्रा गोठ मासिए, मैले पनि एक सय ५० मा झारेको छुु,” लिलबहादुरले भने “छोरानातीले यो पेशा अगालेनन् । विदेशतिर लागे । बाख्रा बेच्न ग्राहक खोजेको छु । पाएको छैन् ।” भेडाबाख्रा पालेर लीलबहादुरका दम्पत्तीले १० जना छोराछोरी हुर्काएको र घरब्यवहार चलाएको बताए ।

उनले कान्छा छोरा रासबहादुर पुनलाई अस्ट्रेलिया पठाएका छन । तीन जना घरमै छन् । घरमा भएकामध्य साहिला छोरा पक्षघातका बिरामी छन् । छ जना छोरीको बिहेबारी भइसकेको छ । जवान हुँदा गाउँगाउँमा आएर भारतीय र गोर्खा सैनिकमा भर्ति गराउने चलन रहेपनि भेडागोठमै रमाएका लीलबहादुरलाई लाहुरे सपना देखेनन् ।

उनले वार्षिक १५/२० वटा खसीबोका र १०/१५ वटा माउ बाख्रा बेच्छन । चारदेखि पाँच वर्ष पालेको बोका र खसीलाई रु ३० हजारसम्ममा बिक्री गर्छन । खसी मासु र बोका बली चढाउन बिक्री हुन्छ । माउ बाख्रा भने घरमा पाल्नेहरुले किन्छन् ।

हिउँदमा बेसी झरेको समयमा घरपरिवार र आफन्तसँग भेटघाट भएपनि जेठदेखि असोजसम्म हिमाल फेदीका बुकीको घुम्ति गोठको बसाई कष्टप्रद हुने उनले सुनाए । हप्तौसम्म झरि पर्दा, भेडाबाख्रा हराउँदा, जङ्गली जनावरले दुःख दिँदा, घर परिवारसँग भेटघाट नहुँदा न्यास्रो लाग्ने गरेको उनको अनुभव छ । लेक जाँदा बर्खा यामलाई पुग्ने खाद्यान्न पनि लैजानुपर्छ ।

रेडियोमा गित, समाचार सुुनेर मनोरञ्जन लिने उनलाई पछिल्लो समय मोवाइल फोनको सुविधा भएपछि साँझ, बिहान घरपरिवार, आफन्तसँग हालखबर सोध्न र गफिन सजिलो भएको छ । गोठाला बस्दा हिमालको फेदीमा सुन्दर दृष्य अवलोकन गर्न पाउँदा रमाइलो मान्ने उनले चितुवा र ब्याँसोले भेडाबाख्रालाई आक्रमण गर्ने र मारेर क्षति पु¥याउने क्रम बढेको बताए । बाख्रालाई जङ्गली जनावरबाट बचाउन र आफ्नो सुरक्षाका लागि लीलबहादुरले भोटे कुकुर पनि पालेका छन ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : २३ बजे

गार्गी एकेडेमीमा किड्स फेस्टिभल २०८२ सम्पन्न

बुटवल । बुटवलको देवीनगरस्थित गार्गी एकेडेमीले आफ्नो १६ औँ स्थापना

मतदातालाई विष्णु पौडेलको हस्तलिखित पत्र : विकास-समृद्धिलाई तीव्रता दिने प्रतिवद्धता

बुटवल । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत रूपन्देही निर्वाचन क्षेत्र नं.

सांसदको काम भनेको नीति बनाउने हो, विकासको नाममा आश्वासन बाँड्ने होइन : उम्मेदवार कोइराला

नेपालगन्ज । बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली

राजनीतिक स्थिरता र सुशासनका लागि परिपक्व नेतृत्व आवश्यक : उपसभापति शर्मा

धरान । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देशको राजनीतिक अस्थिरता,

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही । सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक