२९ भदौ २०८३, सोमबार | September 14, 2026

स्ववियु निर्वाचन भाड्ने काम भएको भन्दै अनेरास्ववियु रुपन्देहीको ध्यानाकर्षण



बुटवल । रुपन्देहीका अधिकांश शैक्षिक संस्थाहरुमा स्ववियु निर्वाचन हुन नदिन तालाबन्दी लगायतका गतिविधि गरिएको भन्दै अनेरास्ववियु रुपन्देहीले ध्यानाकर्षण गराएको छ । त्रिभुवन विश्वविद्यालयले आगामी चैत्र ५ गते स्वतन्त्र विद्याथीं युनियनको निर्वाचन गर्ने निर्णय गरे पनि सो अनुसार निर्वाचन प्रक्रिया अगाडि नबढेको भन्दै निर्णय कार्यान्वयनमा गम्भीर हुन विद्यार्थी संगठनहरुलाई अनेरास्ववियुले आग्रह गरेको छ ।

रुपन्देहीमा निर्वाचन प्रक्रिया अघि बढेका क्याम्पसहरुमा समेत नेवि संघ, अनेरास्ववियु (क्रान्तिकारी) लगायतका विद्यार्थी संगठनहरुले पराजित मनसायले निर्वाचन भाड्ने काम गरेको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए । अनेरास्ववियुले सोमबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘जिल्लाका विभिन्न क्याम्पसमा प्रकृया समेत अगाडि बढेको अवस्थामा आफूलाई लोकतन्त्रको हिमायती ठान्ने विद्यार्थी संगठन नेवि संघ लगायतका समुहले विना कारण अलोकतान्त्रिक ढंगले रुपन्देहीका भैरहवा बहुमुखी क्याम्यस, बुटवल बहमुखी क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस लगायतका ठाउँमा निर्वाचन भाँड्ने मनसायले गरेका अराजक गतिविधिप्रति हाम्रो संगठनको गम्भिर ध्यानाकर्षीण भएको छ ।’

विज्ञप्तीमा भनिएको छ, ‘नेपाली विद्यार्थीहरुको संघर्ष र वलिदानीबाट विद्यार्थीहरुको हक अधिकारका लागि स्थापित स्ववियू संस्थालाईं निर्वाचनको माध्यमबाट निरन्तरता दिनका लागि सम्पूर्ण न्यायप्रेमी विद्यार्थीहरुलाई निर्वाचन प्रकृयामा सहभागी हुनका लागि हार्दिक अपिल गर्दछौं ।’ रुपन्देहीका १७ वटा शैक्षिक संस्थामध्ये ९ वटामा निर्वाचन प्रक्रिया अघि बढेका छन् । निर्वाचन प्रक्रिया अगाडि बढेका अधिकांश क्याम्पसहरुमा विवाद उत्पन्न भएका छन् ।

‘अनेरास्ववियु लोकतन्त्रलाई श्विास गर्ने भएकाले जसरी भएपनि निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग हो ।’- अध्यक्ष अर्यालले भने, जित र हारको सवालभन्दा पनि विद्यार्थीको अधिकारका लागि स्ववियु निर्वाचन हुनैपर्छ भन्ने हो । अनेरास्ववियुप्रति विद्यार्थीको आकर्षण र निर्वाचनमा आफूहरु पराजित हुने मानसिकताले अन्य संगठनहरु अताल्लिएर तालाबन्दी लगायतका बहाना गर्न पुगेको उनको आरोप छ । सरकारको सत्ता समीकरण्मा मूल पार्टी नेकपा एमाले र नेपाली काँग्रेस एक भएर अघि बढी रहेको समयमा नेविसंघले पनि उक्त कुरालाई आत्मसाथ गरी मिलेर अघि बढ्नुपर्ने पक्षमा उभिन उनको आग्रह छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  २ : ५४ बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा