३१ असार २०८३, बुधबार | July 16, 2026

गणतन्त्र मान्छु भन्दै सपथ खाएका धवलसम्सेरको उदघोष् : राजालाई राजगद्दीमा चाँडै फर्काउछौं



सुर्खेत । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र जनतामा निहित सर्वभौमसत्ता प्रति प्रतिबद्ध रहने सपथ खाएका प्रतिनिधिसभा सदस्य डा. धवलसम्मसेर राणाले राजालाई अब चाँडै राजगद्दीमा राख्ने उद्घोष गरेका छन्। राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक रहेका डा. राणाले राजा ज्ञानेन्द्रलाई नेपाली जनताले विमानस्थलबाट निर्मल निवास पुर्‍याएपछि गणतन्त्रवादीको ‘मुटु हल्लिएको’ समेत बताएका छन् ।

राप्रपा महामन्त्री राणाले सोमबार राप्रपाद्वारा सुर्खेतमा आयोजित मोटरसाइकल र्‍यालीलाई सम्बोधन गर्दै राजालाई जनताले काठमाडौं एयरपोर्टबाट निर्मल निवास लगेको देखेपछि गणतन्त्रवादी, संघीयतावादी र धर्मनिरपेक्षतावादीहरूको मुटु हल्लिएको बताउँदै अब राजालाई राजगद्दीमा फर्काउने धेरै समय नभएको बताए ।

चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’

गणतन्त्रवादी पार्टीहरूको मुटु थर्किएपछि हिजोबाट एक ठाउँ आउने योजनामा रहेको भन्दै राप्रपा आन्दोलन परिचालन समितिका संयोजक राणाले भने, ‘अब हामी सबै राजावादी, राष्ट्रवादी, हिन्दुवादी, संघीयताविरोधी, गणतन्त्रविरोधी, भ्रष्टाचारविरोधी एकजुट भएर यिनको सामना गर्नु पर्दछ।’

राजसंस्था सँगसँगै बेचेर खाएको धर्म, संस्कृति पनि पुनःस्थापना गर्ने राणाले बताए। १४ अर्ब रुपैयाँ खाएर हाम्रो धर्म, रीतिरिवाज बेचेको, भ्रष्टाचार भएको कुरा अमेरिकी राष्ट्रपतिको भनाइबाट पुष्टि भएको उनले बताए।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले प्रतिनिधि सभा सदस्य पदको सपथ खाँदा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र जनतामा निहित सर्वभौमसत्ता प्रति प्रतिबद्ध रहने प्रतिबद्धता ब्यक्त गरेका थिए । आफैले खाएको सपथ विपरित व्यवस्था बिरोधी आन्दोलनमा लागेका उनले उपस्थित जनसमुदायलाई काठमाडौं केन्द्रित आन्दोलनमा भाग लिन चैतमा राजधानी आउन आमन्त्रण गरे।

कार्यक्रम वीरेन्द्र चोकमा कोणसभामा परिणत हुनपूर्व मोटरसाइकल र्‍यालीले नगर परिक्रमा गरेको थियो। र्‍यालीमा राजसंस्थाको पक्षमा र गणतन्त्रको विरुद्धमा नारा लगाइएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ५ : ३९ बजे

विद्युत् निर्यात क्षमता एक हजार ६५० मेगावाट पुर्याउने सहमति

काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको

सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा चार ‘एमिकस क्युरी’ सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको आदेशअनुसार सम्पत्ति छानबिन आयोगविरुद्धको रिट निवेदनमा

गिद्धका लागि रेष्टुरेन्ट : गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक