३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

जनस्वास्थ्यविद्को सुझाव : कोरोना समुदायस्तरमा फैलियो, हटस्पट जिल्ला नियन्त्रण गरौं



काठमाडौं । जनस्वास्थ्यविद्ले ५ सय भन्दा बढी कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा जनस्वास्थ्यविद् डा. सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकोले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए ।

मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी सङक्रमित रहेका छन ।

मंगलबार एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ ।

“ति १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्ंक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौ ”, उनले भने ।

जनस्वास्थ्यविद् डा.तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको छ । महिलामा ८ प्रतिशत, बुद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ ।

परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको डा तिवारीको भनाई रहेको छ । तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ८ : ३३ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता