२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ : प्रेम सुवाल



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् ।
चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवसको आज उद्घाटन गर्दै उनले नेपाल मजदुर किसान पार्टी राजाको पक्षमा कहिल्यै नरहेको बताए।
सचिव सुवालले भने, “पार्टी अध्यक्षको एउटा अन्तर्वार्तालाई काटकुट गरी अतिरञ्जित गर्ने प्रयास भएको छ । नेमकिपा कहिल्यै पनि राजाको पक्षमा छैन, हिजो पनि थिए, अब पनि हुदैन । त्यसैले भ्रम फलाएर राजाको पक्षमा जनमत ल्याउन नखोजौँ, राजसंस्था अब फर्किन्न ।” सत्तामा पुगेका दलहरूले जनता र देशको पक्षमा काम गर्नुपर्ने बताउँदै उहाँले विदेशी प्रतिक्रियावादीसँग सधैँ चनाखो रहनुपर्ने बताए ।
सांसद सुवालले चाँगुनारायण नगरपालिकाले विसं २०८२ मा आयोजना गर्न लागेको नगरकोट भ्रमण वर्ष–२०८२ मा आन्तरिक र बाह्य पर्यटकको भ्रमणसँगै यहाँका ऐतिहासिक, पुरातात्विक सम्पदाको संरक्षण, उत्खननलाई पनिसँगै लैजानुपर्ने बताए ।
चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले नगरपालिकाले आगामी वैशाख १ गतेदेखि वर्षभरी मनाइने भ्रमण वर्षमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पयटकलई आकर्षित गर्न आवश्यक योजना तथा कार्यक्रम अगाडि बढाउने  बताए । उनले यहाँका सबै पर्यटकीय क्षेत्रको पहिचानलाई विश्व मानचित्रमा पुर्‍याउन भ्रमण वर्षको आयोजना गर्न लागिएको र भ्रमण वर्षले सिङ्गो चाँगुनारायणको समृद्धिमा फड्को मार्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरपालिकाका निवर्तमान् प्रमुख सोमप्रसाद मिश्र, निवर्तमान् उपप्रमुख जुना बस्नेत, नेपाली कांग्रेसका प्रतिनिधि शिवहरि केसीलगायतले नगरकोट भ्रमण वर्ष चाँगुनारायण नगरवासी सबैको भएकाले आवश्यक सहयोग रहने बताए ।
कार्यक्रममा नगरपालिकाको कानुन पुस्तक सार्वजनिक गरिएको थियो भने भ्रमण वर्षका विज्ञ डा धनश्याम खतिवडाले भ्रमण वर्षको तयारीबारे र नगरपालिकाका सामाजिक शाखा अधिकृत निला घिमिरेले नगरपालिकाको चालु आर्थिक वर्षमा भएका प्रगति विवरण प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ८ : २२ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल