११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’



काठमाडौं । प्रतिकुल मौसमका कारण आवश्यक भिजिविलिटी नहुँदा आन्तरिक र अन्तरराष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन् ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार मौसम प्रतिकुलका कारण न्यून भिजिविलिटीका कारण केही विमान आकाशमै ‘होल्ड’मा परेका हुन् । विमानस्थल कार्यालयका अनुसार जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको विमान केही समय होल्ड भएपछि अवतरण भएको छ ।
कतारको दोहाबाट आएको कतार एयरवेज, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुवईबाट आएको फ्लाइ दुवई, भैरहवाबाट आएको फ्लाइ दुवई, धनगढीबाट आएको बुद्ध एयर, पोखराबाट आएको यति एयरलाइन्सका विमान कम भिजिविलिटीका कारण होल्डमा परेको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : २५ बजे

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

बागलुङ । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी

सुकुम्बासी बस्ती भत्काउने कार्य तत्काल रोक्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका विभिन्न

छ महिनामा एक लाख ७६ हजार सवारी अनुमतिपत्र वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका